२०७९ साउन १३ गते १२:१२ विकासन्युज
खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए। हेटौँडामा खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उनले बताए ।
उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ ।
हाल बोर्डले उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ ।
स्थानीय तहलाई अधिकार सम्पन्न बनाएपछि कही स्थानीय तहले खराव काम गरेको समाचार आउने धेरे पनि धेरैले राम्रो काम पनि गरिरहेका छन् । गत स्थानीय तहको निर्वाचनमा हटौडा उपमहानगर पालिकामा एकपा समाजबादीकी नेतृ मीना कुमारी मेयर निर्वाचित भएको थिइन् । समाजबादीबाट थोरै संख्यामा जनप्रतिनिधि चुनिएकोले पनि उनीहरुलाई राम्रो काम गरेर देखाउनु पर्ने चुनौति रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.