२०७९ साउन १७ गते १८:२१ विकासन्युज
काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले पर्यटन प्रवद्र्घनलाई सहयोग पुर्याउने उद्धेश्यले एटिएम सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.