२०७९ भदौ १ गते १६:०४ विकासन्युज
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले प्राधिकरणको नाफाको अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्राधिकरणको ३७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका हुन् ।
उनले विगतमा सानो इन्टेन्सिभ खाने निर्णय गर्दा अख्तियार र संसदबाट चिठी आउने गरेको तर अहिले नाफा आर्जन गरेर सक्षम भएको बताए । उनका अनुसार ५ वर्षभित्रमा ३ गुणा बढी विद्युत खपत भएको छ भने प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले खपत बढेको छ ।
‘अहिलेकोभन्दा आगामी दिनमा नाफाको ग्राफ थप बढ्छ, कर्मचारीहरुलाई विद्युत निर्यातको चिन्ता नलिन आग्रह गर्छु, प्राधिकरणलाई थप मजबुत बनाउन सबै लाग्नुपर्छ,’ उनले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.