काजुंगुला पुल सञ्चालनमा आएको १ वर्षमा अफ्रिकाको प्रयोगविहिन बोर्डर क्षेत्रको रुपान्तरण हुँदै

  २०७९ भदौ ७ गते ८:००     विकासन्युज

एजेन्सी । एक वर्ष अघिसम्म, बोत्सवाना र जाम्बिया बीचको जाम्बेजी नदी पार गर्न एकदमै समयलाग्ने र झन्झटिलो विषय थियो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको लुबुम्बाशी देखि दक्षिण अफ्रिकाको डरबनसम्म प्रमुख यातायात कोरिडोरमा जाने ट्रकहरूका लागि यो नदी विकल्प बिहिन समस्याको रुपमा रहिरहेको थियो । गाडीहरू पोन्टुनमा लोड हुने गर्दछन्, एक पटकमा दुईवटा मात्रै । आजकल धेरै ठुलो वर्षा हुनेगरेको छैन् । वास्तवमा यो १० देखि १५ मिनेटको यात्रा थियो, तर यसको लागि १५ दिनसम्म पर्खनुपर्ने अवस्था रहेको ट्रक चालक संघका प्रमुखले विगतलाई सम्झिन्छन् ।

हिले पोन्टुन क्षेत्र विगतको जस्तो भरिभराउ बन्न सकेको छैन । सो ९ सय २३ मिटर लामो मोटरेवल पुलमा बोट्सवाना, जाम्बिया र अफ्रिकन डेभलपमेन्ट बैंकद्वारा २ सय ६० मिलियन डलरको सो परियोजनामा वित्तीय लगानी गरेका हुन् । यसले दक्षिण अफ्रिकी व्यापारलाई निकै ठुलो सकारात्मक प्रभाव पार्नेछ ।

दक्षिणी अफ्रिका विकास समुदाय उत्तर–दक्षिण कोरिडोर, ऐतिहासिक रूपमा महँगो सीमा ढिलाइले भरिएको मार्गमा यात्राको गति बढाउन यो पुलको परिकल्पना गरिएको थियो । कंगो, जाम्बिया र तान्जानियाबाट तामा चीन पठाउनु अघि दक्षिणी क्षेत्रको यात्रा गर्नुपर्ने हुन्छ । दक्षिण अफ्रिकाबाट उत्तरतर्फ खाद्यान्नको पैठारी गर्दा, तान्जानियाबाट उत्खनन उपकरणहरू कंगो र जाम्बियामा जान्छ । जाम्बियाको विकास समूदायका ट्रक ड्राइभर्स एसोसिएसनका महासचिव काइको सलिम वामुनिमा त्यस्ता सबै पैठारीहरु काजुङ्गुला हुँदै जानुपर्ने हुन्छ ।

एक दशक भन्दा बढी समय लगाएर बनेको यो पुल सन् २०२१ बाट सञ्चालनमा आएको काजुङ्गुला परियोजनाका इन्जिनियरिङ प्रबन्धक आइज्याक चिफुन्डा बताउँछन् ।
भूराजनीतिले पुलको डिजाइनमा ठूलो भूमिका खेलेको छ । काजुङ्गुला अफ्रिकाको एउटा क्षेत्रमा फैलिएको छ जसलाई “क्वाड्रिपोइन्ट“ भनिन्छ, चिफुन्डा भनिन्छ ।

भिक्टोरिया फल्स, बोत्सवाना, जाम्बिया, नामिबिया र जिम्बाब्वेबाट ६५ किलोमिटर (४० माइल) माथि जाम्बेजी र चोबे नदीहरूको संगममा मिल्छ । देशहरूको सिमाना नदीसम्म रहेको छ, त्यसैले काजुङ्गुला ब्रिजलाई ल्यान्डस्केपको माध्यमबाट स्पष्ट वक्र बुनाईको साथ आकार दिइएको चिफुण्डा बताउँछन् ।

‘यस परियोजनामा अफ्रिकाको ठूलो सहभागिता जनाएको थियो’, चिफुन्डा भन्छन् । यद्यपि निर्माण भने दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी डावो इ एण्ड सी द्वारा गरिएको थियो सिमेन्ट र स्टिल लगायतका अन्य कच्चा पदार्थ दक्षिणी अफ्रिकाबाट ल्याइएको थियो ।

यो पुल प्राविधिक हिसाबले लामो समयसम्म टिकाउ हुने र यसले जाम्बिया र बोत्सवानाको लागि महत्त्वपूर्ण लगानीको भित्र्याउन सघाउ पुर्याउने अनुमान गरिएको छ ।