२०७९ भदौ १२ गते १४:१९ विकासन्युज
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजी नेटले स्काईकमसँगको सहकार्यमा आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुरु गरेको हो ।
यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् र ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरु हुने सिजीले जानकारी दिएकाे छ । यस्तै, यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन ।
कम्पनीकाे अनुसार सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । यसकाे स्प्रिण्टर जोडी (८० एमबिपिएस प्लस आइपीटिभी) को प्रति महिना ८१० रुपैयाँ, पपुलार जोडी (१५५ एमबिपिएस प्लस आइपीटिभी) को १०५५ रुपैयाँ र रकस्टार जोडी ३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ रुपैयाँ शुल्क लाग्नेछ ।
त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमबिपिएसको साथमा आइपीटिभीको २ हजार ६४०, पपुलार जोडी एमबिपिएसको साथमा आइपी टिभीको ३ हजार ७५० रुपैयाँ र रक स्टार जोडी ३०५ एमबिपिएसको साथमा आइपी टिभीको ९ हजार ७२० रुपैयाँ शुल्क लाग्ने छ।
यस्तै वार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमबिपिएसको साथमा आइपी टिभीको ९ हजार ७२० रुपैयाँ, पपुलार जोडी एमबिपिएसको साथमा आइपी टिभीको १२ हजार ६६० र रक स्टार जोडी ३०५ एमबिपिएसको साथमा आइपी टिभीको १६ हजार ४८८ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने कम्पनीले जानकारी दिएकाे छ ।
सेटप बक्सका लागि ग्राहकले एक पटक २६ सय शुल्क तिर्नु पर्ने छ । सिजी डिजिटलले सिजि नेट गको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमबिपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी ३५ हजार ९९९ रुपैयाँमा र ८० एमबिपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी २५ हजार ४९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । ग्राहकले यी जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ४० हजारभन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख शहरहरुबाट यो सेवा निश्चित गरिसकेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.