साल्ट ट्रेडिङले अब छिट्टै एसटीसी ब्राण्डको तोरीको तेल उत्पादन गर्ने

  २०७९ भदौ २७ गते १५:५९     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङले अब छिट्टै एसटीसी ब्राण्डको तेल उत्पादन गर्ने बताएको छ । साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङले आफ्नै ब्राण्डकाे तेल उत्पादन गर्ने बताएकी हुन्।

उनले उपभोक्ताहरुलाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौडा स्थित नेपाल वनस्पती उद्मोग लिमिटेडबाट निकट भविष्यमा एसटीसी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने प्रयास भइरहेको बताएकी हुन् । यस्तै, उनले रासायनिक मलको अभाव नहोस् र कृषकहरुले समयमा मल पाउन भन्नेमा हामी निरन्तर सक्रिय रहेको पनि बताएकी छन् ।

‘नेपाल सरकारले दिएको दायित्वलाई बोध गरी रासायनिक मलको आपूर्ति गरी कृषकहरुमा राहत प्रदान गरेको र अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिएको स्मरण गराउन चाहन्छ, कर्पोरेशनले कृषि विकासमा योगदान पुयाउने उद्देश्य अनुसार अनुदानित मलमा मात्र सीमित नभई गैर अनुदानित मल आयात गरी बिक्री वितरण गरिरहेको छ, कर्पोरेशन कतिपय नयाँ–नयाँ उत्पादन गर्ने तिर लागेको छ र निकट भविष्यमा त्यसको प्रतिफल प्राप्त हुने आशा गरेका छौं,’ उनले कार्यक्रममा भनिन् ।

कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितिका बावजुद पनि आम उपभोक्ताको सेवामा सदैव सक्रिय रही आएको छ । सरकारले पनि  कर्पाेरेशनकाे कार्यक्षेत्रमा व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्य वस्तु उत्पादन, आयात तथा सुपथ मूल्यमा वितरण गर्न प्रोत्साहित गर्दै आएको छ ।

सरकारले दिएको दायित्वलाई बोध गरी रासायनिक मलको आपूर्ति गरी कृषकहरुमा राहत प्रदान गरेको र अहिले पनि मलको आपूर्तिलाई निरन्तरता दिएको बताउँदै प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले कृषि विकासमा योगदान पुयाउने उद्देश्य अनुसार अनुदानित मलमा मात्र सीमित नभई गैर अनुदानित मल आयात गरी बिक्री वितरण गरिरहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.