२०७९ भदौ ३० गते ९:५४ विकासन्युज
काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेसँगै दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका हुन् ।
योसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरु दर्ता गर्नुपर्नेछ । त्यसो नगरेको अवस्थामा उक्त मोबाइल फोन नेपालमा चल्ने छैन ।
नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले यो प्रणाली लागु गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.