सिद्धार्थ बैंकको दुई नयाँ मुद्दती खाता

  २०७३ भदौ २३ गते ११:१८     विकासन्युज

Fixed Deposit Adकाठमाडौं, २३ भदौ । सिद्धार्थ बैंकले सिद्धार्थ अवकाश मुद्दती खाता र सिद्धार्थ प्रिमियम मुद्दती खाता नामक दुई नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ सो खाताहरु सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार सिद्धार्थ अवकाश मुद्दती खाता अवकाश प्राप्त व्यक्तिहरुलाई लक्षित गरि १ वर्षको मुद्दती निक्षेपमा ६ प्रतिशतको आकर्षक ब्याजको साथमा मासिक ब्याज भुक्तानीको विशेष व्यवस्थाको साथमा सञ्चालनमा ल्याइएको छ । साथै सिद्धार्थ प्रिमियम मुद्दती खाता २ वर्षको लागि मुद्दती निक्षेप राख्न इच्छुक ग्राहक महानुभावलाई लक्षित गरी ६ दशमलब ५ प्रतिशतको आकर्षक ब्याजको साथमा सञ्चालनमा ल्याएको बैंकले बताएको छ । Print

बैंकले ग्राहकलाई प्रदान गर्दै आएको नयाँ निक्षेप योजनाहरुमा ग्राहकको आकर्षण रहने कुरामा बैंक विश्वस्त रहेको छ ।बैंकले हाल नेपालभर ६४ शाखा, ८१ एटिएम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ् सेवाको माध्यमबाट सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.