ढुकुटीदेखि सहकारी कारोबारसम्म बैंकिङ कसुरको दायरामा, सरकाले ल्यायो नियन्त्रण कानुन

  २०७३ भदौ २५ गते २:२७     विकासन्युज

काठमाडौं २५, भदौ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ। व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लार्य संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको शनिबारको राजधानी दैनिकमा समाचार छापिएको छ।nepali - rupes
संसदमा विधेयकमाथिको दफवार छलपलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस् भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए।

लामो समयदेखि चल्दै आएको ढुकुटीको कारोबार सरकारले नियन्त्रणमा लिइसकेको छ । सरकारले यस अघि कुनै नियम तथा कानुनकै अभावमा ढुकुटी र सहकारीको कारोबारमा नियन्त्रण गर्न नसक्दा समाजमा विकृति फैलिएको थियो । सरकारी नियन्त्रण नीतिकै अभावमा ढुकुटी र सहकारीबाट करोडौ डुबाउने पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.