अर्थसमितिले सरकारलाई भन्योः सबै नेपालीको स्वास्थ्य बीमा गराउनु

  २०७३ भदौ २९ गते ५:५४     विकासन्युज

काठमाडौं, २९ भदौ । ब्यवस्थापिका संसदको अर्थसमितिले सवै नेपालीको स्वास्थ्य बीमा अनिवार्य गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समितिले न्यूनतम रकम बराबरको सरकारले बजेट ब्यवस्था गरेर बीमा शुल्क तिरिदिने र सो भन्दा बढी रकमको योगदानमा आधारित बीमा गराउन निर्देशन दिएको हो ।

‘राज्यसत्तको माथिल्लो तहमा पुगेका ब्यक्तिले राज्यकोषवाट रकम समेत लिएर उपचार गराउने र गरिब नेपाली उपचार नपाएर मर्ने अवस्था आउन दिनु भएन, सरकारले बजेट ब्यवस्था गरेर सवै नेपालीको निश्चित रकमसम्मको स्वास्थ बीमा अनिवार्य गर्ने ब्यवस्था मिलाउनु,’ सभापति ज्वालाले बैठकको निर्णय सुनाउदै भने ।

सरकारले केही बर्ष अगाडिदेखि नै पाइलट प्रोजेक्टको रुपमा स्वास्थ्य बीमा गराउदै आएको छ । गत आर्थिक बर्षसम्ममा ३ जिल्लामा नमुनाको रुपमा यो कार्यक्रम संचालन गरिएको थियो । चालु आर्थिक बर्षमा थप २० जिल्लामा यो कार्यक्रम संचालन गर्ने भनिएको छ । समितिले भने सो कार्यक्रम विस्तार गरेर ७५ जिल्लामा नै संचालन गर्न निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.