अबदेखि प्रत्येक दिन सिआरआर ७० प्रतिशत हुनै पर्ने

  २०७३ भदौ २९ गते ६:००     विकासन्युज

काठमाडौं, २९ भदौ । बैंक तथा वित्तीय संस्थाहरुले अवदेखि दैनिक रुपमा अनिवार्य नगद मौज्दातको ७० प्रतिशत रकम राख्नै पर्ने भएको छ । यसअघि साप्ताहिक रुपमा त्यस्तो रकम पुर्याउदा पनि हुने ब्यवस्था थियो । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत गरिएको परिवर्तनलाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो ।

चालु आर्थिक बर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सिआरआर) को ७० प्रतिशत रकम दैनिक रुपमै पुग्नु पर्ने ब्यवस्था गरेको थियो । यसअघि ७ दिनमा गणना गर्ने गरिएकोमा अव भने १४ दिनमा सिआरआर गणना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.