प्रभुको ‘प्रभु–लक्की सेभेन’ उपहार असोज १ गते देखि लागु

  २०७३ भदौ ३१ गते ८:३५     विकासन्युज

काठमाडौं, ३१ भदौ । प्रभु मनि ट्रान्सफर प्रालीले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ग्राहकरुलाई लक्षित गरि उपहार कार्यक्रम घोषणा गरेका छ । कार्यक्रमको नाम ‘प्रभु–लक्की सेभेन’ रहेको छ । उक्त कार्यक्रम आगामी असोज १ गते देखि कात्तिक २० गते सम्म लागु हुने कम्पनीले बताएको छ ।

prabhu_lucky_seven

कम्पनीका अनुसार विदेशबाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्वरलाई लक्की ड्र मा समावेश गरी भाग्यशाली विजेता ग्राहकहरु छानिने छन् । हरेक साता विजेता ग्राहकहरुको नाम कम्पनीको वेवसाईट वा अनलाइन न्यूज पोर्टलहरु मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी गराएको छ । तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनलाई प्रदान गरिने छ ।

उपहारहरु मध्ये बम्पर उपहारमा यामाहाको सालुटो बाइक –१ र यामाहाको रे–जेठ स्कूटी–१ रहेका छन् । त्यस्तै हरेक हप्ता एक/एक थान एलइडी टि.भि, डिसहोम र मोवाईल सेट प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, हरेक दिन सात जनालाई एनसिएल वा एनटिसीको २०० रुपैयाँको रिचार्ज कार्ड उपलब्ध गराउने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.