२०७९ कार्तिक २० गते १३:२२ विकासन्युज
काठमाडौं । डिशहोम फाइबरनेटका प्रयोगकर्ता दुई लाख पुगेको छ । सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरिरहेको कम्पनीको फाइबर नेट प्रयोगकर्ता दुई लाख पुगेको हो ।
देशभर उच्च गतिको इन्टरनेट सेवाको विस्तार सँगै ग्राहकहरु थपिन थालेको डिशहोम मिडिया प्रालिका प्रबन्ध निर्देशन सुदीप आचार्य बताउँछन् ।
‘२ लाख भनेको एउटा नम्बर हो, हामी निरन्तर रुपमा ग्राहकलाई उच्च गतिको इन्टरनेट सेवा दिनेछौँ, ग्राहकलाई नै मध्यनजर गर्दै डिशहोम भन्ने ब्राण्डलाई अझै माथि लैजाने छौँ’, उनले भने ।
देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले गत जेठदेखि सातै प्रदेशका मुख्य सहरमा फाइबरनेट विस्तार गरेको थियो । देशैभर सेवा विस्तारसँगै ग्राहकको संख्या थपिन थालेको कम्पनीले जनाएको छ ।
कम्पनीले ‘डिशहोम फाइबरनेट’ का साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले हाल डिशहोम फाइबरनेट प्रदेश नं १ को इनरुवा, इटहरी, धरान, विराटनगर, विर्तामोड, दमक, बाहुनडाँगी र काँकडभिट्टा, मधेश प्रदेशमा वीरगंज, कलैया, ढल्केबर, सर्लाही, बर्दिबास, जनकपुर र लाहानमा डिशहोम फाइबरनेट उपलब्ध छ भने बागमती प्रदेशको नारायणगढ, भरतपुर, हेटौंडा, ललितपुर, काठमाडौं,भक्तपुर, बनेपा र पनौतीमा उपलब्ध गराउँदै आएको छ ।
यस्तैगरी, गण्डकी प्रदेशमा हेम्जा, पोखरा, मझेरीपाटन, नवलपुर, गोरखा र गैँडाकोट, लुम्बिनी प्रदेशमा तुलसीपुर, नेपालगञ्ज, बाँके, दाङ, भैरहवा, बुटवल र तानसेनमा डिसहोमको फाइबरनेट उपलब्ध छ ।
यस्तै कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर, अत्तरीया र धनगढीमा पनि फाइबरनेट सेवा पुगिसकेको कम्पनीले बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.