२०७९ कार्तिक २१ गते ९:०२ विकासन्युज
एजेन्सी । भर्चुअल रियालीटी उद्योगको विकासमा चीनले बुधबार नयाँ खुलासा गरेको छ । उद्योग तथा सूचना प्रविधि मन्त्रालय र सोसँग सम्बन्धित ४ विभागद्वारा सँयुक्त रुपमा जारी योजना अनुसार सन् २०२६ सम्म चिनीयाँ भर्चुअल रियालीटी उद्योगमा हार्डवेयर, सफ्टवेयर र एप्लीकेसनमा ४८ बिलियन अमेरिकी डलर लगानी हुनेछ ।
यसबीचमा बलियो खोज क्षमता र आद्योगिक प्रभावसहितका १ सय नयाँ उद्यमीको विकास गर्नुपर्नेछ, जबकी २५ मिलियन भर्चुअल रियालीटी प्रविधि संख्या बेच्नुपर्नेछ ।
चीन भर्चुअल क्षेत्रको विकासको लागि सबै क्षेत्रलाई समेट्नेगरी १० नेतृत्वदायी भर्चुअल रियालीटी उद्योग स्थापना गर्ने योजनामा जुटेको छ । साथै सो क्षेत्रको सर्भिसको लागि १० वटा प्लेटफर्म पनि विकास गर्ने बताइएको छ ।
योजनाअनुसार सन् २०२६ सम्ममा मुख्य प्रविधि र एप्लीकेसनमा ठूलो सफलता हासिल गर्ने अपेक्षा गरिएको छ । चाइनाडेलीबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.