क्रिप्टोमा लगानी जोखिम : एफटिएस ट्रेडिङ कम्पनीबाट १ बिलियन भन्दा धेरै फण्ड गाएब

  २०७९ कार्तिक २६ गते ११:४४     विकासन्युज

एजेन्सी । एफटिएस ट्रेडिङमार्फत १ बिलियन डलर भन्दा धेरैको फण्ड गायब भएको छ । एफटिएक्स ट्रेडिङका संस्थापक सैम बैंकमैन फ्राइडले आफ्नै कम्पनी अल्मेडा रिसर्चमा ग्राहकको १० बिलियन डलर बराबरको फण्ड गोप्य रुपमा ट्रान्सफर गरेको रोयटर्समा लेखिएको छ । सोही क्रममा सो फण्ड गायब भएको बताइएको छ । सो फण्ड १ देखि २ बिलियन डलरको बीचमा हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो बुधबार फ्राइडले आफ्ना अधिकारीहरुसँग सेयर गरेको सूचनाबाट उनको वित्तीय छलकपट बाहिर आएको हो । सो सूचना बाहिर ल्याउनेहरुले फ्राइडको कम्पनीको उच्च तहमा रहेर काम गर्ने गरेको बताइएको छ । रोयटर्ससँग टेक्स म्यासेजमा गरेको कुराकानीमा भने फ्राइडले गोप्य रुपमा आँफूले फण्ड ट्रान्सफर गरेको अस्विकार गरेको उल्लेख गरिएको छ ।

एफटिएक्स र अल्मेडाले भने सो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.