२०७९ कार्तिक २८ गते १७:०१ विकासन्युज
काठमाडौं । सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ ।
सोमबार हाइड्रोपावर र नेप्सेबीच सेयर सुचिकृत गर्ने सम्झौता भएसँगै कम्पनीको साधारण सेयर नेप्सेमा सुचीकृत भएको हो । यससँगै कार्त्तिक २९ गते, मंगलबारदेखि सिक्लेस हाइड्रोपावरको सेयर दोस्राे बजारमा किनबेच गर्न पाइने छ ।
कम्पनीले बिओके क्यापिटल मार्केटमार्फत सर्वसाधारणको लागि सेयर बिक्री खुला गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.