२०७३ असोज ३ गते ४:५३ विकासन्युज
काठमाडौं, ३ असोज । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले असोज ४ गते मंगलबार(भोली)देखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेका हुन् ।
सञ्चालक संघकोे बैठकले काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ५३ रुपैयाँ भाडा घटाएको छ भने सबैभन्दा टाढाको धनगढीका लागि १९३ रुपैयाँ घटाएको छ ।त्यसैगरी, काठमाडौंबाट बिहानमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि १८५ पनि घटाएको छ ।
निगमले हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा समायोजन गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.