‘२३ वर्षमा नदिएको लाभांश ३ वर्षमा दियौं, निक्षेपको भन्दा कर्जाको ब्याज सस्तोमा दिन्छौं’

  २०७९ कार्तिक ३० गते १६:०५     विकासन्युज

नेपाली बैंक क्षेत्रको सबैभन्दा पुरानो बैंक हो नेपाल बैंक । सोही बैंक आज (बुधबार) ८५ वर्ष पार गरेर ८६ वर्षमा पाइला टेकेको छ । बैंकले यो ८५ वर्षको अवधिमा विविध आरोह अवरोह तथा उतारचढावहरु पनि सामना गरेको छ । वि।स १९९४ साल कात्तिक ३० गते स्थापना नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा अहिले कृष्णबहादुर अधिकारीले नेतृत्व गरिरहेका छन् । उनै सीईओ अधिकारीसँग नेपाल बैंकको वर्तमान बिजनेस, बैंकका आगामी रणनीति र बैंकको वित्तीय सूचक लगायतका विषयमा कुराकानी गरेका छौं ।

तपाईं नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको तीन वर्ष पुरा भएको छ, यो अवधिमा के कस्ता उपलब्धि हाँसिल भए ?

मेरो नेपाल बैक लिमिटेडमा सेवा अवधिका हिसाबले १८ वर्ष पूरा भएको छ । मेरो स्वभाव, आचरण, निष्ठा २०६१ साल कार्तिक १६ मा सेवा प्रवेश गर्दा जस्तो थियो, त्यसमा परिवर्तन भएको छैन । प्रमुख कार्यकारी अधिकृत भएर मात्र मेरो कार्यशैली परिवर्तन भएको हैन । प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएपश्चात् जे गरियो त्यो मैले मात्र हैन बैंकमा कार्यरत ३३९६ जना कर्मचारीहरूको समस्त योगदान हो । यी तीन वर्षमा विगत ८२ वर्षमा वासलातको आकार जति तयार भएको थियो, त्यसलाई करिब दुई गुणा बनाउने कार्य भने भएको छ । जसलाई हाम्रो वासलातले पुष्टि गरेको छ ।

व्यवसायमा स्तरोन्नति, शाखा सञ्जाल विस्तार, खराब कर्जा अनुपात घट्न गई कर्जाको गुणस्तरमा वृद्धि, नयाँ जनशक्तिको भर्ना, २३ वर्षसम्म सेयरधनीले प्राप्त गर्न नसकेको लाभांश विगत तीन वर्षदेखि लगातार वितरण, न्यून वेतनमा भर्ना भएका कर्मचारीको आर्थिक सुविधा वृद्धि भई अन्य सरकारी बैकले समेत बेञ्च मार्किङ गर्ने संस्थाका रूपमा लिनु, संरचनागत सुधार, सन्तुष्ट ग्राहकको समूहमार्फत ग्राहक सिफारिस बढ्नु, ग्राहकको रकम सुरक्षाको शत प्रतिशत प्रत्याभूति हुनु नेपाल बैंक लिमिटेडका मूलभूत उपलब्धि हुन् ।

थप चुनौती र अवसर केके देख्नु हुन्छ ?

हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिवेशबाट चुनौती सृजना भएको छ । रसिया र युक्रेनका बिचको युद्धका कारण मन्दीतर्फ अग्रसर अन्तर्राष्ट्रिय अर्थतन्त्र र त्यसको प्रभाव, राष्ट्रिय स्तरमा रहेको तरलता तनाव शोधानान्तर घाटा चुनौतीका रूपमा रहेका छन् आन्तरिक रूपमा अपेक्षित कायम गर्ने, डिजिटलाइजेसन गर्ने, साइबर सेक्यूरिटी बढाउने, कोर बैंकिङ सफटवेयर कार्यान्वयन गर्ने काम पनि प्रमुख चुनौती हुन् सन्जालको सदुपयोग मानवपुँजीको उपलब्धता, जनविश्वासलाई नतिजामा परिवर्तन गरी व्यवसाय विस्तार गर्ने अवसर छन् ।

झण्डै शताब्दीको दशकमा प्रवेश गर्न लागेको नेपालको पहिलो बैंकको वित्तीय अवस्था कस्तो छ ?

वित्तीय अवस्थालाई तुलनात्मक रूपमा विश्लेषण गर्दा यसको अवस्था स्पष्ट हुन्छ । सो सन्दर्भमा आव २०७४/२०७५ र २०७८/२०७९ को वित्तीय विवरणलाई तुलना गर्दा निक्षेप ६७ प्रतिशतले वृद्धि भई रु.१९६ अर्व पुगेको छ । कर्जा सापटी ८७ प्रतिशतले वृद्धि भई १७८ अर्ब रुपैयाँ छ । पुँजीकोषको हिसाबले बैंक सबैभन्दा उच्च छ । खुद नाफामा २५ प्रतिशत वृद्धि भएको छ । पुँजीकोष पर्याप्तता अनुपात १५.०४ प्रतिशत छ। कुनै समय अत्यधिक रहेको निष्क्रय कर्जा २०७९ असार मसान्तसम्म १.९० प्रतिशत रहेको तथ्यांकलाई मध्येनजर गर्ने हो भने नेपाल बैंकको वित्तीय अवस्था सवल रहेको पुष्टि हुन्छ ।

देशको जेठो र पहिलो बैंकका रूपमा आफ्नो साख कसरी हाँसिल गर्दै हुनुहुन्छ ? सूचना प्रविधिमा अन्तर्राष्ट्रिय स्तरको कोर बैंकिङ सफ्टवेयर कहिले सम्ममा कार्यान्वयनमा आउँछ ?

२०५७ सालदेखि सुरु भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नेपाल बैंकले तत्कालीन समयमा व्यवसाय विस्तार भन्दा पनि सुधारलाई महत्व दिएका कारण बैंकमा व्यवसाय वृद्धिका हिसाबले केही समय सस्तता आएको थियो । बैंकको साखलाई–कायम रान औसतमा २६ वर्षका कर्मचारीले अनवरत कार्य गरिरहेका छन् । मुख्य रूपमा ग्राहकको सन्तुष्टिमार्फत व्यवसाय विस्तार गर्नु नै आजको आवश्यकता हो। तसर्वमानवीय, वित्तीय, भौतिक तथा प्राविधिक परिवर्तनका माध्यमबाट बैंकको साखलाई कायम राले प्रयास गरिएको छ । जहाँसम्म अन्तर्राष्ट्रिय स्तरको कोर बैंकिङ सफ्टवेयर कार्यान्वयनको सबाल छ हामीले यसका लागि एक्स्प्रेसन अफ इन्ट्रेस्ट (इओआई माग गरिसकेका छौ । करिब डेढ वर्षमा सफ्टवेयर पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।

बजारमा देखिएको तरलता अभावको कसरी सामना गर्दै हुनुहुन्छ । कहिलेसम्ममा बैंकहरूमा तरलताको पर्याप्तता भई कर्जा सापटी सहज बन्ने आशा गर्न सकिन्छ। बजारमा तरलताको अभाव गत आर्थिक वर्षदेखि निरन्तर छ । कर्जाको माग सम्बोधन गर्न असहज भएको छ । कर्जा निक्षेप अनुपात अहिले करिब ८७.५० प्रतिशत पुगेको छ । बैंकसँग लगानी गर्ने स्पेस करिब २.५० प्रतिशत मात्र छ । त्यो स्पेस पनि बैंकले प्रयोग गर्दैनन् । किनकि निक्षेप फ्लाइटको डर छ । नेपाल बैंकको कर्जा निक्षेप अनुपात हाल सन्तोषजनक रहेको छ । रि–फाइनान्स परिपक्व भएपछि र स्थानीय तहको रकम निक्षेपमा गणना गर्ने पुस मसान्तसम्मको अवधि सकिएपछि तरलतामा थप दबाब सिर्जना हुने नै छ। गैरआवासीय नेपालीलाई सहज रूपमा रकम मुलुकमा ल्याउन पाउने व्यवस्था गर्दै उत्प्रेरित गर्नुपर्दछ । विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन बढाउनपर्दछ । उत्पादनमखी क्षेत्रमा लगानी बढाउँदै भुक्तानी सन्तुलन सकारात्मक बनाउन सकियो भने तरलताको समस्या सहज हुन्छ ।

अन्य बैंकका तुलनामा नेपाल बैंकको पृथक पहिचान केके हुन् ?

नेपाल बैंक मानक संस्थाका रुपमा रहने प्रमुख आधार भनेको सर्वप्रथम स्थापित भई मुलुकलाई बैंकिङ सेवा प्रदान गर्नु हा । यो मानक कहिल्यै परिवर्तन हुने वाला छैन । स्थापनामा अग्रणी भएसँगै यसले तत्कालीन समयमा केन्द्रिय बैंकका स्थापनाका लागि कर्मचारी काजमा पठाएर काम गरेको छ । नेपाल औद्योगिक विकासनिगमदेखि राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकको पनि यसमा योगदान छ ।

बैंकिङ सघनता विस्तारका लागि विदेशी संयुक्त लगानी तथा निजी क्षेत्रको लगानीमा स्थापना बैंकमा संस्थापक सेयरधनी भएको इतिहास पनि छ । निक्षेपमा उच्च व्याज तथा कर्जामा न्यून ब्याज प्रदान गरिरहेको छ । पूर्वमा सिरिजङ्गादेखि पश्चिममा दार्चुलाको गोकुलेश्वरसम्म शाखा स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । लोकसेवा आयोगबाट कठिन परीक्षा प्रकृया पार गरी आएका दक्ष जनशक्तिवाट बैंक परिचालित छ । आधार व्याजदर न्यून छ । यिनै विषय नेपाल बैंक मानक भइरहने आधार हुन् ।

बैकका ग्राहक, सेयरधनी, कर्मचारी लगायतका सरोकारवालालाई थप के सन्देश दिनुहुन्छ ?

बैंक अहिले जुन स्थानमा छ, जसरी लक्ष्य प्राप्ति गरिरहेको छ यसको श्रेय हाम्रा आदरणीय ग्राहक महानुभावहरूलाई जान्छ । ग्राहक हाम्रा सर्वश्रेष्ठ देवगण हुन् । ग्राहकप्रति हार्दिक नमन छ । यो सहयोग र सद्भावको निरन्तर अपेक्षा राख्छी र ग्राहक सेवामा थप स्तरोन्नति गर्दै जाने प्रण गर्दछौ त् सेयरधनी महानुभावहरूलाई निरन्तर प्रतिफल प्रदान गर्ने वाचा गर्छौं। बैंक सञ्चालनमा नीति तर्जुमा गर्दै अभिभावकका रूपमा भूमिका निर्वाह गर्ने सञ्चालक समितिलाई हार्दिक आभार । नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार कार्यालयलगायत नियामक निकाय र अन्य सहयोगी संस्थालाई पनि धेरै धेरै धन्यवाद । बैंकको योजनालाई मूर्त रूप दिन कार्यक्षेत्रमा खटिने कर्मचारीहरूलाई हार्दिक बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.