चुनावमा बैंकहरु खुला हुन्छन् कि बन्द ?

  २०७९ मंसिर १ गते १८:१७     विकासन्युज

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक संघ संस्थाहरु र निजी कम्पनीलाई पनि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

योसँगै अतिआवश्यक सेवाको रुपमा लिइएको बैंक तथा वित्तीय संस्था बन्द हुन्छ वा खुला हुन्छ भन्ने विषयमा सर्वसाधरणको चासो बढेको छ । विकासन्युजलाई प्राप्त सूचना अनुसार मंसिर ४ गते निर्वाचनको दिन बैंक तथा वित्तीय संस्था पुर्ण रुपमा बन्द हुने छन् भने अन्य दिन खुला रहनेछन् ।

अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाले सूचनाहरु जारी गर्दै खुला रहने र बन्द रहने शाखा तथा काउन्टरहरु सार्वजनिक गरिरहेका छन् ।  बिहीबार हिमालयन बैंकले सूचना जारी गर्दै मंसिर ४ र ५ गते पूर्ण रुपमा सबै शाखाहरु बन्द रहने जनाएको छ । सो बैंकले ठमेल, न्युरोड र पाटन शाखाहरुमा संचालिन विदाको काउन्टरहरु पनि बन्द रहने बताएको छ ।

अन्य बैंकहरुले पनि मंसिर ४ र ५ गते कतिपय काउन्टरहरु बन्द रहने जनाएका छन् तर अधिकांश बैंकहरु भने ४ गते पुर्ण रुपमा बन्द गरेर ५ गते आंशिक रुपमा खुल्ने तयारीमा छन् ।

यस विषयमा वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघले भने कुनै निर्णय गरेको छैन । बैंकहरुले सरकारको निर्णय अनुसार बैंक खोल्ने/बन्द गर्ने निर्णय गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.