मोबाइल मेला २०७३ भव्य रुपमा सम्पन्न, दशैंसम्म मोबाइल खरिद गर्दा भारी छुट

  २०७३ असोज ४ गते ५:५२     विकासन्युज

काठमाडौं ४ असोज । ललितपुरको लगनखेलस्थित ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना गरेको मोबाइल एक्स्पो २०७३ सोमबारदेखि सम्पन्न भएको छ । यस एक्स्पोमा ग्राहकहरुले उल्लेखरुपमा विभिन्न ब्राण्डका मोबाइल फोनहरु खरिद गरेका थिए भने उपहारहरु पनि प्राप्त गर्न सफल भएका थिए ।

purushottam_basnetमोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पोको अवसर पारेर सार्वजनिक गरेका विभिन अफरहरु ग्राहकहरुको मागलाई ध्यानमा राखेर असोज महिनाभरी लागू गर्ने भएको छ । उत्कृष्ट मोबाइल हबको रुपमा संचालनमा रहेको कम्प्लेक्सले नेपालीहरुको महान चाडको अवसरमा सबै किसिमका अफरहरु निरन्तरता दिने जनाएको छ ।

कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ग्राहकहरुको अत्यधिक मागका कारण मोबाइल एक्स्पोमा दिईएको विभिन्न अफरहरु असोज महिनाभरी लागू गरिएको बताए । उनले भने–नेपालीहरुले दशैंको अवसर पारेर नयाँ मोबाइल फोन किन्ने गरेको हुँदा उनीहरुलाई अधिक सुविधा दिन असोज ३० गतेसम्म न्यूनतम ७ प्रतिशतदेखि ४० प्रतिशतसम्म छुट दिनेछौं ।

कम्प्लेक्सले एउटा स्मार्टफोन किन्दा अर्को मोबाइल सित्तैमा अफर पनि निरन्तर जारी राख्ने भएको छ । एउटा स्मार्टफोन किन्दा अर्को फोन सित्तैमा अफरअन्तर्गत ह्वावेको पी ८ लाइट, ह्वावे अनर फोर एक्स, ह्वावे जी सेभेन प्लस, लाभा एक्स एट, सामसंग ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सेभेन तथा ग्यालेक्सी नोट फाइभ स्मार्टफोन खरिद गरेमा रु. ५,००० मूल्य बराबरको डिटिसी टच फोन निशुल्क दिईने छ ।

त्यसैगरी विभिन्न मोबाइल फोन कम्पनीहरुले सार्वजनिक गरेका अफरहरु पनि मोबाइलको खरिदमा लागू हुनेछ । मोबाइल कम्पनीलहरुले मोबाइल खरिदमा दिने नगद छुटदेखि बम्पर अफरसम्मका योजना पनि साथै लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.