सिटिसी मोबाइल एक्स्पो असोज ७ गतेदेखि शुरु, मोबाइल खरिदमा ५० प्रतिशत छुट

  २०७३ असोज ४ गते ११:१२     विकासन्युज

काठमाडौं, ४ असोज । सिटिसी मोबाइल बजारले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा मोबाइल पारखीहरुका लागि सामसुङ् मोबाइल जे२सिक्स ‘सिटिसी मोबाइल एक्स्पो २०१६’ आयोजना गर्न लागेको छ । उक्त एक्स्पो असोज ७ गतेदेखि असोज १५ गतेसम्म आयोजना गर्न लागिएको छ । उक्त एक्स्पोको मुख्य प्रायोजक सामसुङ् मोबाइल जे२सिक्स रहेको कम्पनीले बताएको छ ।

ctc_mobile_expo

सिटिसी मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स, जियोनी र लाभा मोबाइल रहेका छन् । यसैगरी मुख्य प्रायोजकमा ओविआई, स्पाइस, एम आई (स्याओमी), एपेक्स डिजिटल, जेटिई, सिजी, इन्टेक्स, रेज, केन्ट, हुवावे, यु.एम.आई. सिटिभि मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमा कार्वन पानासोनिक, टचकन, सेलम्याक्स, मेइजु मोबाइल र टाइम्स रेमिट रहेका छन् ।

एक्स्पोमा ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल सेटको कारोबार गरिने आयोजकले बताएका छन् । ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुटको सुबिधा रहेको कम्पनीले जनाएको छ । त्यसका साथै केही कम्पनी मार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।

एक हप्तासम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको छ । साथै फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिनेछ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन ६ जना लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर पनि प्रदान गरिने छ ।

यस एक्स्पोमा हरेक दिनको अफरमा भारी छुटका साथै हरेक दिन लक्की ड्र मार्फत भाग्यशाली अवलोकनकर्ता र खरीदकर्ताहरुलाई प्रत्येक दिन ५ जनालाई मोबाइलका साथै क्यास रिवेट भौचर जसमा २५०० देखि १० हजार खरिद भौचरहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

उक्त एक्स्पोले दशैं तिहारको अवसरमा फेस्टिभ अफरको पनि शुरुवात गर्ने बताएको छ । जसमा यस एक्स्पोदेखि दशैं तिहार र छठसम्म यस सिटिसि मोबाइल बजारमा स्मार्टफोन खरिद गर्ने भाग्यशाली विजेतालाई लक्की ड्र मार्फत बम्पर उपहार होण्डा हर्नेट मोटरसाइकलका साथै टिभी, फ्रिज, भ्याकुम क्लिनर, रुम हिटर, वासिङ्गमेशीन र मोबाइलहरु प्रदान गरिनेछ ।

मोबाइल एक्स्पोमा आधुनिक प्रविधिका मोबाइल, ट्याबलेट र एसेसरिजको बिक्री बितरण गरिनेछ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ् मोबाइल जे२सिक्समा ३ लाखभन्दा बढी अवलोकन कर्ता आउने विश्वास आयोजकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.