सुबिसुको दशैं तिहार योजनामा किल्यर टीभी र वाइरलेस केवल मोडम सित्तैमा

  २०७३ असोज ५ गते ८:५६     विकासन्युज

काठमाडौं, ५ असोज । नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले नेपालीहरुको महान चाड दशैं तिहारको अवसर पारेर आफ्ना ग्राहकवर्गहरु लागि ‘दशैं तिहार योजना’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकवर्गले प्रस्तुत गरिएका ईन्टरनेट र क्लियर टिभि प्याकेजको खरिदमा फ्रि किल्यर टीभी एचडी सेट–टप बक्स र वाइरलेस केवल मोडम सित्तैमा प्राप्त गर्न सक्ने छन् ।

subisu_offer

दशैं अफर अन्तर्गत ग्राहकहरुले विभिन्न अफरहरु छुट्टाछुट्टै मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरुले किल्यर टीभी २ हजार ९९९ रुपैयाँ, केवल इन्टरनेट ५ हजार ९९९ रुपैयाँ, केवल इन्टरनेट एण्ड किल्यर टीभी कोम्बो ५ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्ने बताएको छ । ग्राहकहरुले अन्य अफरहरुमा अनलिमिटेड केवल इन्टरनेट एण्ड किल्यर टीभी कोम्बो अफर ७ हजार ९९९ रुपैयाँ र फिप्त्थ इन्टरनेट एण्ड किल्यर टीभी कोम्बो ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार ईन्टरनेट, क्लियर टीभी र ईन्टरनेट र क्लियर टीभीको कोम्बो प्याकेज खरिद गर्न सक्नेछन् । यो योजना सिमित अबधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.