रक्सी पिउने नेपालीको सख्या बढ्दै, एक करोड २८ लाख लिटर विदेशी रक्सी एक बर्षमै झ्वाम

  २०७३ असोज ६ गते १०:०३     विकासन्युज

bartenderकाठमाडौं, ६ असोज । नेपालमा दैनिक ६० लाख मुल्य बराबरको ३५ हजार लिटर विदेशी रक्सी भित्रिने गरेको छ । प्रत्येक महिना औषतमा सवा चार लाख लिटर विदेशी रक्सी भित्रिने नेपालमा स्वदेशी रक्सीको माग पनि उत्तिकै बढिरहेको छ ।

गत आर्थिक वर्षमा मात्रै नेपालीले एक करोड २८ लाख लिटर विदेशी रक्सी पिएका छन् । यसको मुल्य दुई अर्ब २० करोड रुपैंयाँ पर्छ । आयात भन्दा ३ गुणा बढि रक्सी नेपालमै उत्पादन हुने गरेको छ ।

नेपालमा चीन, फिलिपिन्स, सिंगापुर, मेक्सिको, जर्मनी, फ्रान्स, अमेरिका, जापान, भारत, पोर्चुगल, ब्राजिल, स्विडेन लगाएतका तीन दर्जन मुलुकबाट रक्सी आयात गरिन्छ । समाचार श्रोतः अन्नपुर्णपोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.