कोकाकोलाको ‘मन खोलौं कोकसँग’ अभियान घोषणा, १५ नयाँ लेबलहरु सार्वजनिक

  २०७३ असोज ६ गते १३:५०     विकासन्युज

काठमाडौं, ६ असोज । कोकाकोलाले दशैँतिहारलाई लक्षित गर्दै ‘मन खोलौं कोकसँग’ भन्ने नयाँ अभियान घोषणा गरेको छ । कोकाकोलाले जिवनका १५ वटा महत्वपूर्ण सम्बन्धहरुलाई दर्शाउने गरि १५ वटा संदेश सहितका नयाँ लेबल प्याक सार्वजनिक गरेको छ । उत्सवको अवधिभर परिवारका सदस्यहरु अथवा जो कोहीका लागि उपभोक्ताहरुले आफूले चाहेको प्याक खरीद गरेर हरेकका लागि संदेश सहित उपहार प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

cocacola_offer
कोकाकोला नेपालका निर्देशक अलोक कोहलीले भावना साट्दै भने, ‘दशैं आर्शिवाद थाप्ने तथा एक आपसमा जोडिने महोत्सव हो । कोकाकोला आफ्ना उपभोक्ताहरुलाई साथीहरु तथा परिवारसँग जोडिन सहयोग गर्न चाहन्छ । नेपाली इतिहासमा पहिलो पटक कोकाकोलाले, हाम्रो परम्परागत कोक लेबलहरु यो वर्ष हटाएको छ र हरेक मानिसको जीवनलाई प्रभावित पार्ने विशेष सम्बन्धहरु जस्तै दाइ, बुवा लगायतलाई सम्मानले प्रतिस्थापन गरेको छ । हामी आशा गर्दछौं की हाम्रा उपभोक्ताहरुले विशेष संदेश भएका कोकाकोला लिनेछन र त्यो आफ्ना प्रियजनहरुलाई प्रदान गर्नेछन् ।’ कोइरालालाई माइती नेपालका केही युवायुवतीले परिवार, मेरो खुशीको संसार संदेश भएको बोतल प्रदान गरेका थिए ।

कार्यक्रममा अभिनेत्री अन्ना शर्माले आफ्नी आमा रचना गुरुङ्ग शर्मालाई आमा धेरे धेरै माया संदेश सहितको उपहार प्याक प्रदान गरिन् । बैंकर रविना देशराज श्रेष्ठले आफ्ना छोरा आयुशमान देशराजलाई छोरा तिमी हाम्रो संसार सन्देश सहितको उपहार प्रदान गरिन् । राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठले आफ्ना प्रशिक्षक राजु शाक्यलाई तपाईँ सँधै आदरणीय संदेश सहितको प्याक प्रदान गरे ।

गायिक शितल मोक्तानले आफ्नी बहिनी सुवानी मोक्तानलाई ठट्टामा लुकेको माया संदेश सहितको बोतल हाँसो र रमाइलोको बीच प्रदान गरिन् । गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती नीलम साह ढकाललाई तिमी र म सँधै सँग–सँगै भन्दै बोतल प्रदान गरेका थिए ।बोटलर्स नेपाल लिमिटेडका निर्देशक पुनित भार्शनेले १५ वटा फरक बोतल ल्याएर परिवार र साथीलाई जोड्ने माध्यम बन्न खोजेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.