रोयल इनफिल्डको हिमालयन बाइक नेपालमा, मूल्य ५ लाख ६१ हजार

  २०७३ असोज ६ गते १५:१२     विकासन्युज

काठमाडौं, ६ असोज । रोयल इनफिल्डको हिमालयन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । नेपालको एडभेञ्चर टुरिजमका लागि भन्दै दुगड समुहले हिमालयन मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो । ५ लाख ६१ हजार रुपैंयाँ पर्ने एलएस ४१० मोटरसाइक बिशेष नेपालका लागि निर्माण गरिएको हो ।

royal_enfield_himalayan
उकालो, ओरालो, जंगल र हिमाली सडकहरुका लागि बिशेष फिचरसहित निर्माण गरिएको हिमालयनले नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने कम्पनीले दावी गरेको छ । रोयल इनफिल्डको हिमालयन प्रोजेक्ट लिडर प्रदिप भ्याथ्युले १५ लिटरको पेट्रोल ट्यांकी रहेको त्यसले ४५० किलोमिटर माइलेज दिने बताए ।

बलियो टायर, शक्तिशाली फ्रन्ट तथा ब्याक ब्रेक सहित सफट् लगेज, जेरि क्यान अड्काउने ठाउँ र डिस्क ब्रेकको सुबिधा यसमा रहेको छ । नेपालको बजार अनुसन्धान गरेरै हिमालयन मोटरसाइकल नेपाल भित्र्याएको दुगड समुहका अध्यक्ष मोतीलाल दुगडले बताए ।

रोयल इनफिल्ड हिमालयनले मोटरसाइकल पारखीहरुका लागि नयाँ आयाम थप्ने कम्पनीले दावी गरेको छ । सन १९०१ मा पहिलो पटक मोटरसाइकल निर्माण गरेको कम्पनीले भारतको आइसर कम्पनीसँग जोइन्ट भेञ्चरमा मोटरसाइकल उत्पादन गर्दै आएको छ ।

नेपालमा रोयल इनफिल्डका ८ वटा शोरुम रहेका छन् । नेपालमा रोयलको बुलेट ३५० सीसी, थण्डरभोल्ट ५०० सीसी, कन्टिनेन्टल ५३५ सीसी र क्याफे रेसर र हाल भित्रिएको हिमालयन लगायतका मोटरसाइकलहरु बिक्रि भैरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.