काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानियद्धारा अवरोध

  २०७९ मंसिर १२ गते १६:०४     विकासन्युज

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ ।

काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो । तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिका विरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन् । डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भईरहेको छ ।

अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ । सुकुम्बासीहरुले डोजरको प्रतिकार गर्न प्रर्दशनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, सुकुम्बासीहरुले भने विकल्प नदिई आफूहरु सो बस्तीबाट नहट्ने जिकीर गरिरहेका छन । उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.