२०७९ फागुन १७ गते ७:३३ विकासन्युज
काठमाडौं । साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले ५६ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितीको फागुन १४ गते बसेको बैठकले चैत १० गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा १२ः१५ बजे वार्षिक साधारसभा बोलाएको हो ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सञ्चालकहरुको बैठक भत्ता र भ्रमण भत्ता लगायत अन्य सुविधा वृद्धि र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.