सेल्फीप्रेमीका लागि जेडटिइ एस ७ नेपाली बजारमा, मूल्य २६ हजार ५ सय रुपैयाँ

  २०७३ असोज १० गते १५:५९     विकासन्युज

काठमाडौं, १० असोज । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा उपलब्ध गराएको छ । कम्पनीले दशैँ क्यास ब्याक अफरसहित ब्लेड एस ७ सार्वजनिक गरेको हो ।

blade_7

उक्त ब्लेड एस ७ मा ५ इन्च को फूल एचडी डिस्प्ले रहेको छ । ४४१ पिक्सेल डेन्सिटी भएकाले फोनको पिक्चर गुणस्तर आकर्षक रहेको छ । साथै, फोनको अगाडि र पछाडि दुबैभागमा कोर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षा रहेको कम्पनीले बताएको छ । फोनको क्यामेरा र यसमा प्रयोग भएका कम्पोनेन्टहरु हुन् । ब्लेड एस ७ को अगाडि र पछाडि दुबैपट्टि १३/१३ मेगपिक्सलको क्यामेरा प्रयोग गरिएको छ । पछाडिको क्यामेरामा फ्लाससहित लेजर अटो फोकसको प्रयोग गरिएको छ जुन एप्पलको आइफोनमा प्रयोग हुन्छ । यस लेजर अटोफोकसको मद्दतले फोटो जुम गर्दा क्यामेरा स्टेबल हुनुका साथै सफा फोटो आउँदछ ।

यसैगरी, सेल्फी फोटोप्रमीहरुको लागि पनि यो फोन एक उत्कृष्ट रोजाई बन्नेछ । एलइडी फ्लाससहित १३ मेगापिक्सलको फ्रन्ट क्यामेरा भएकाले प्रयोगकर्ताले आकर्षक र नेचुरल सेल्फी फोटोको मज्जा लिन पाउने छन् । क्यामेराका अन्य फिचरहरुमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् । स्मार्टफोनमा ३ जिबी र्याम र ३२ जिबीको इन्टर्नन स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर १२८ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ सिस्टमा चल्ने यस फोनमा अक्टा कोर १.५ गिगाहर्ज स्नाप्ड्रागन ६१५ प्रोसेसरको प्रयोग भएकाले फोन दु्रत गतिमा चल्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार फोनमा झिक्न नमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ । होम बटनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको छ । ब्लेड एस ७ का अन्य फिचरहरुमा डुअल सिम, एफएम रेडियाे लगायत छन् । स्मार्टफोनको बजार मूल्य २६ हजार ५ सय रुपैयाँ रहेको छ । नेपालीको महान चाड दशैलाई मध्यनजर गरेर जेडटिई ब्लेड एस ७ को खरिदमा २ हजार दशै क्यास ब्याक अफर दिइएको छ । यसरी खरिदकर्ताले २४ हजार ५ सय रुपैयाँमै यो स्मार्टफोन प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.