२०७९ मंसिर २८ गते १९:२० विकासन्युज
काठमाडौं । लघुवित्त वित्तीय संस्थाले महिना समाप्त भएको १५ दिनभित्र आधार दर राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्न निर्देशन दिएको हो ।
‘लघुवित्त वित्तीय संस्थाले मासिक रुपमा अनुसूची–१५.१ बमोजिम आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र यस बैंकमा पेश गर्नुपर्ने छ, साथै, २०७९ माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ,’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षामा लघुवित्तले पनि मासिक रुपमा आधार दर सार्वजनिक गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो । मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.