२०७३ असोज १२ गते १०:३१ यमबहादुर खड्का
सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालले स्थालमार्गबाट रारा घुम्ने पर्यटकीय प्याकेज सार्वजनिक गरेको छ । व्यवसायीले आफैं स्थालगत भ्रमण गरेर संभावना देखेपछि मात्रै सार्वजनिक गरेको यस्तो प्याकेजको प्रभावकारिता पनि व्यवसायीमा नै निर्भर हुने गरेको छ । नयाँ नयाँ पर्यकीय गन्तव्यको खोजी, प्रवद्र्धन र विकास गरिरहेको सोट्टो नेपालले पछिल्लो समय गरेको बाँकेको गाभर भ्यालीदेखि मुगुको रारासम्मको प्याकेज सार्वजनिक भएको छ । यस अघि पनि सोट्टो नेपालले नै काठमाडौबाट स्थलगत भ्रमणबाट नै इलाम र वरपरका पर्यटकीय गन्तव्य, खप्तड, लुम्बीनीदेखि स्वर्गद्वारीसहितका आधा दर्जन पर्यटकीय गन्तव्यको खोजि गर्ने र प्रवद्र्धनात्मक अभियान संचालन गरिसकेको छ । पछिल्लो पटक व्यवसायीले तयार पारेको रारा प्याकेजमा केन्द्रित रहेर सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्कासँग गरिएको कुराकानीको प्रमुख अंश ।
सोट्टो नेपालले स्थलगल अध्ययन भ्रमण गरेपछि राराको प्याकेज कसरी आगाडि बढ्छ ?
हामीले यो स्थलगत यात्रा तय गरेपछि सोट्टोका व्यवसायीबीच एक प्रकारको उत्साह पनि आएको छ । व्यवसायी आफैं सहभागि भएर तयार पारिएको प्याकेज प्रवद्र्धन गर्नमा कुनै समस्या हुन्छ जस्तो मलाई लाग्दैन । हामीले बनाउको प्याकेजलाई अन्य व्यवसायीक संस्थाले पनि आत्मसाथ गर्छन ।
सबै प्याकेज आफैंले बनाएको मात्रै संचालन गर्ने भन्ने कुरा संभाव नहुने भएकोले एउटा बनाएको नै अर्कोले प्रयोग गर्दै जाने हो । यसर्थ, यात्रा सकिएकोले अब हामीले गरेको बाँकेदखी रारासम्मकै स्थलगत भ्रणलाई प्याकेजमा उतार्छौ ।
यसका लागि हामीले बास बसेका स्थानहरु बाँकेको गाभरभ्याली, सुर्खेत, जुम्ला, कालीकोट, मुगुको पीना र रारासम्मकै वास बसेको स्थानलाई पनि पर्यटकीय प्याकेजमा सहभागि गर्छौ ।
स्थानिय तहसम्मलाई सहभागि गराउने अवस्था छ कि छैन ?
पक्कैपनि हामीले स्थानिय स्तरलाई सचेतना दिएर र उनिहरुसँगै सहकार्य गरेर प्याकेज विक्री गर्ने हो । हामीले व्यवसायी साथिहरु जो सहभागि भएका छन्, उनिहरुसँग पनि छलफल गरेर प्याकेज तय गर्छौ ।
हामीले यसपटक प्रवद्र्धनात्मक कार्यक्रम पनि राखेकोले ग्रामिण जनजीवन अध्ययन गर्ने र घुमघाम गर्ने अवसर कम भयो । पर्यटकीय प्याकेजमा भने यसलाई समावेश गरिन्छ ।
प्याकेज तय गर्ने आधार के हुन्छ त ?
पर्यटकीय प्याकेज तय गर्ने व्यवसायले घोषणा गरे अनुसार पर्यटकलाई दिने सेवा, सुविधा र आवश्यक शुल्कसहितको योजना हो । यसर्थ, पर्यटकलाई यही नै खाने र यही नै बस्ने भन्ने पनि हुँदैन । आवश्यकता अनुसारको स्थान तय गर्ने, पर्यटकले चाहे अनुसारको स्थानमा बस्ने र खाने सुविधा प्याकेजमा हुनुपर्छ ।
भनेपछि पर्यटकीय प्याकेजमा रारा घुम्नेको संभावना देखिन्छ ?
संभावना भएरपनि सबै पर्यटकीय स्थलको प्रवद्र्धन भनेकै जसरी अगाडि बढ्छ भन्ने हुँदैन । रारामा आउने पर्यटकको चाहना हुँदाहुँदै पनि समय पैसाको अभाव छ ।
पैसा हुनेलाई समय मिल्दैन, समय हुनेले भनेकै बेला पैसा खर्चन नसक्ने पनि अवस्था छ । हामीले यसलाई समयको अभाव हुनेलाई हवाई जहाजबाट र समय हुने तथा ग्रामिण जीवनको अध्ययन गर्दै घुम्न चाहने पर्यटकका लागि स्थलमार्गबाटै जाने अफर गर्ने हो ।
यही अनुसारको प्याकेज बनाउने र प्रवद्र्धन गर्ने काम गर्छौ । जो होस् हामीले स्थलमार्गकै यात्रा गरेपछि भने वाईल्याण्ड अफर गर्न सक्ने अवस्था भने भयो ।
उसोभए, आन्तरिक र वाह्य दुबै पर्यटकलाई नयाँ आइटीनरी बन्यो ?
त्यो त हामी आफैं सहभागि भएर आएकोले संभावना देखियो । हामीले जहाँ घुमेका छौ र जहाँज पुग्न सफल भएका छौं त्यो नै आन्तरिक तथा वाह्यक पर्यटककै लागि बनेको आइटीनरी हो ।
स्थलमार्गकै प्याकेज त बन्यो प्रवद्र्धनको संभव देखियो त ?
सबै ठाँउमा लक्जरीयस नहुन सक्छ । जे जस्तो छ त्यस्तैमा रमाउने हो भने पक्कै पनि स्थलमार्गको प्याकेज संभव छ ।
स्थलमार्गबाट आउँदा सबै ठाउँमा होटलको सुविधा त हुँदैन नि ?
हामीले ठूला होटल र रिसोर्ट बनाउँनुपर्छ भनेर भ्रम छर्न पनि हुँदैन । जे छ त्यसैलाई प्रवद्र्धन गर्नुपर्छ । अहिले रारामा आउने पर्यटक वार्षिक ५ सय जना पुग्न मुस्किल भइरहेको समयमा होटल र रिसोर्ट आवश्यक छ भन्नु पनि भएन ।
भएकै सुविधा पर्यटक लैजानुपर्छ । बिस्तारै पर्यटक बढ्दै जाँदा आवश्यकता महसुश हुँदै जाने हो । पर्यटक बढ्दै जान थालेपछि व्यवसायीले लगानी गर्न पनि थाल्छन् । यसका लागि अहिले भने होमस्टेबाट नै पर्यटक तान्ने प्रयास गर्नुपर्छ ।
सबै ठाँउमा होमस्टे तथा होटल हुन नसके पनि टी आउस र लज त चाहिएला नी ?
हामीले स्थानियलाई होटल होइन होमस्टे सुरु गर्न प्रोत्साहन गरेका छौं । थोरै मात्रामा पर्यटक आउने भएकोले स्थानिय स्तरमा पर्यटकको लाभ बढाउनु पनि पर्छ ।
पर्यटकीय सेवा र सुविधाका लागि भने टी हाउस तथा लज पनि आवश्यक पर्ने भएकोले पर्यटक बढ्दै जाँदा पूर्वाधार थप गर्दै जान सकिन्छ । यो आवश्यकताको सिद्धान्तले निर्धारण गर्छ ।
रारा आउन चाहने पर्यटकको लागि अनुमानित लागत त चाहियो नि ?
सामान्यतया अलिकति होमवर्क गरेर प्याकेज सार्वजनिक गर्नुपर्ने हुन्छ । तर, अहिले हामीले गरेको तयारी अनुसार ३५ देखि ४० हजार रुपैयाँसम्ममा हवाई जहाजबाट र २५ देखि ३० हजार रुपैयाँसम्ममा स्थलमार्गबाट रारा घुम्ने प्याकेज बनाउँन सक्छौं ।
उसोभए, अब राराको स्थलगत प्याकेजसहितका आइटीनरी सार्वजनिक हुन्छ ?
पक्कैपनि । हामीले यसमा लागतसहित प्याकेज सार्वजनिक गर्ने र आवश्यकता अनुसारको थपघट गर्न सकिन्छ भनेर अनुमानित निकाल्ने भन्ने मात्रै हो । कतिपय आवस्थामा यात्रा भनेको ठ्याक्कै भनेकै अनुसारको लागत नलाग्ने र कहिलेकाँही अनुमानित गरेकोले नपुग्ने पनि हुन सक्छ ।
यसर्थ स्थानिय तथा राजनीतिक दलसँग पनि सहकार्य गरेर उपयुक्त साथ र सहयोगसहितको प्योकज बनाउँन सकियो भने थप प्रभावकारी हुन्छ । हवाई मार्गको आइटीनरी पहिल्यै तय भैरहेकोले अब स्थलमार्गको पनि थप चाहिँ भयो ।
स्थानियको सहयोग विना प्याकेज सफल त हुँदैन नी ?
स्थानियको साथ र सहयोग अवश्य चाहिन्छ । स्थानियले सहयोग नगरे वा उनिहरुको पनि पर्यटक बढाउने स्वार्थ भएन भने गाह्रो हुन्छ । पर्यटन व्यवसाय भनेको एउटाले मात्रै लाभ गर्ने क्षेत्र होइन ।
पर्यटन व्यवसायले अर्को व्यवसायलाई पनि लाभ दिने हुन्छ । उत्पादनमा, आम्दानीमा जोड दिनुपर्छ । पर्यटक आउँदा उनिहरुले लैजाने स्थानिय स्तरबाट उत्पादिन कोशेसी हुनुपर्छ । लोकल प्रडक्टलाई प्राथमिकता दिनुपर्छ ।
त्यसो हुँदा सहर बजारबाट किनेर ल्याउने चाउँचाउ होइन स्थनिय स्तरमै पाइने कोदाको रोटीलाई प्राथमिकता दिन सक्नुपर्छ । पर्यटक एक ठाँउबाट अर्को ठाँउमा पुग्दा फरकफरक उत्पादन, सेवा, सुविधाको क्षेत्रले पनि लाभ गर्न सक्ने भएकोले स्थानिय स्तरमा नै फाइदा हुने हो । स्थानिय स्तरको पर्यटन प्रवद्र्धन हुन त्यहिँ ठाउँ र समूदायले सहयोग अवश्य पनि गर्नुपर्छ ।
रारामा पर्यटनको पूर्वाधारमा सरकारले बनाउँने कि स्थानिय स्तरको जागरण बढाउँन ?
कतिपय स्थानमा सरकार र स्थानिय दुबैको उत्तिकै आवश्यकता पर्छ । स्थानिय स्तरबाट हुन सक्ने काम त्यहिबाट हुनुपर्छ । राज्य स्तरबाट हुने नीतिगत तथा ठूला पूर्वाधार निर्माण पनि हुनुपर्छ । स्थानियले साइकल ट्याक बनाउने, हाइकिङ गराउँनेसहितका काम गर्न सक्छन् ।
कस्ता खालका पर्यटकीय गतिविधि हुनुपर्छ ?
पर्यटकीय गतिविधि भनेको त स्थानियले नै बढाउँदै जाने हो । स्थानियकै पहलमा साइक्लिङ हुनुपर्छ, हाइकिङ, गाउँ घुमाउने कार्यक्रम, टुर गाइड विकास गर्ने काम, स्थानिय क्षेत्रको पहिचान गराउँने, पर्यटकलाई राराको महत्व दर्शाउने, पर्यटकलाई होमस्टेमा राख्नेसहितको काम गर्न बाहिरका व्यवसायी जानु पर्दैन । स्थानिय आफैंले गर्ने हो र यसको लाभ पनि स्थानियले नै लिने हो ।
पर्यटक सेवाका सवारी साधनबाट सेवा दिन सकिने अवस्था कस्तो छ ?
स्थानिय व्यवसायीले नै अग्रसरता लिन सकेको अवस्थामा हुन सक्छ । बाहिरका व्यवसायीलाई ल्याउनु भन्दा यहीका व्यवसायीले पहल गराएर भएको काम प्रभावकारी र दिगो हुन्छ ।
काठमाडौंबाट र वाहिरका व्यवसायीले गर्ने लगानीले स्थायिनलाई लाभ दिन सक्दैन । आवश्यकताको आधारमा भने पक्कै पनि पर्यटक सवारीबाट सेवा दिन पनि सकिन्छ । त्यसका लागि स्थानियले गर्न नसके बाहिरकाले पनि लाभ हेरेर सेवा दिन सक्छन्् । आवश्यकताको सिद्धान्तले निर्धारण गर्छ यस्तो विषय ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.