२०७३ असोज १४ गते १६:३४ विकासन्युज
काठमाडौं, १४ असोज । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिद्धारा कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरीलाई ५० थान क्यामेरा हस्तान्तरण गरेको छ ।
हुन्डाई मोटर्सले ल्याएको अभियान अन्तर्गत ६ वटा विषय ड्रिम मुभ, नेक्स्ट मुभ, इजि मुभ, ग्रीन मुभ, सेभ मुभ र ह्यापी मुभमा गर्दै आएको छ । यी हरेक कदमले समाजमा गर्दै आएको योगदानमा कम्पनीको दृष्टिकोण झल्किएरहेको छ । ट्राफिक सुरक्षा अभियान अन्तराष्ट्रिय हुन्डाई कर्पोरेट सामाजिक उत्तरदायित्वको मुख्य आधार रहि आएको छ । सेफ मुभ अन्तर्गत हुन्डाई ५० थान ड्यास कम ट्राफिकलाई हस्तान्तरण गरेको छ ।
सो ड्यासबोर्डको क्यामेराले गाडीको वाइन्ड स्क्रिनबाट निरन्तर भिडियो रेकर्ड गर्न सक्ने छ । सो क्यामेरा वाइन्ड स्क्रिनको भित्री भाग वा ड्यासबोर्डको माथिल्लो भागमा जडान गर्न सकिने छ । यसले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बीमा ठगीहरु पनि नियन्त्रण गर्न सहयोय पुर्याउने छ । यसले ट्राफिक व्यवस्थापनको पनि अध्ययन गर्न सघाउने छ ।
उक्त क्यामेराले २४ एफपिएस भिडियो १२८० * ७२० पिक्सेलमा रेकडिङ् गर्दछ । साउन्ड रेकडिङ् र ६४ जिबीको मेमोरी कार्ड सपोर्ट गनुको सार्थ यसले २४ घण्टा निरन्तर भिडियो रेकर्ड गर्दछ । साथै यसमा रहेको जिपिएसले गाडीको गति देखाउँदछ । यसमा वाइड एन्जल लेन्स छ भने यसले १३२ डिग्रीको दृश्य वाइड स्क्रीनबाट देखाउँदछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.