कैदी बन्दीको दसैं खर्च तीन सय रूपैयाँ, तीन सय रूपैयाँले एक छाक पनि पेटभरी खान नपुग्ने भनाइ

  २०७३ असोज १५ गते ७:२८     विकासन्युज

काठमाडौं १५, असोज । नेपालीको महान पर्व बडादसैं नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ। सर्वसाधारण क्षमताअनुसारको किनमेलमा व्यस्त छन्।
jel-_1
परिवारसँगै मिठो मसिनो खाएर दसैं मनाउने तयारीमा छन्।

तर जिल्ला कारागार सिन्धुलीका कैदी बन्दी भने कसैले दया देखाए दसैं मान्ने आसमा हुने गरेको समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

दसैं मान्न सरकारले दिएको प्रतिकैदी तीन सय रूपैयाँले एक छाक पनि पेटभरी खान नपुग्ने भएपछि उनीहरू कसैले सहयोग गरे मिठो खाने र आपसमा दसैं मान्ने तरखरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.