२०७३ असोज १८ गते ९:४६ विकासन्युज
काठमाडौं १७, असोज । दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ । दसैंका बेला गाउँ सहरमा चोरी डकैती बढ्छ। विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन् ।
उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको छ ।
यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ । इगल आइ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुने छैन ।
चिलले आकाशमा कावाँ खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुनसक्ने लुटपाट, चोरी, झै झगडालाई ‘ईगल आई’ नाम दिइएका ३ सय ३५ वटा सिसिटिभी क्यामेरेलाई नियाल्नेछन् । र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.