पर्यटन विकास गर्न साझा एजेन्डा आवश्यक छ- सूर्य थापा

  २०७३ असोज १८ गते ११:२५     सूर्य थापा, प्रमुख नेकपा एमाले, पर्यटन विभाग

surya-thapaप्यूठानमा जन्मिएका र अर्घाखाँचीमा आफ्नो वाल्यकाल विताएका र त्यहीबाट विद्यालय स्तरीय पढाई पूरा गरेका व्यक्ति हुन सूर्य थापा । उच्च शिक्षा अध्ययन गर्ने क्रममा काठमाडौं आएका थापाले लामो समय पत्रकारितामै आफ्नो समय व्यथित गरेका छन् । नेकपा एमालेबाट राजनीति गरिरहेका थापाले राजनीतिसँगै २५ वर्षे यात्रा पत्रकारितामा पनि विताएका छन् । थापाले पाटीको इलाका कमटिदेखि केन्द्रीय कमिटिसम्मको जिम्मेवारी सम्हालेका छन् । अहिले एमालेकै पर्यटन विभागका प्रमुखको जिम्मेवारीमा रहेका थापा नेकपा एमालेको प्रचार क्षेत्रको सहायक जिम्मेवारीमा पनि छन् । उनै थापासँग पर्यटन क्षेत्र र पर्यटकीय विषयसँग केन्द्रित रहेर विकास न्युजले गरिएको अन्तरवार्ता :

पर्यटन विभागको प्रमुखको जिम्मेवारी कहिलेबाट सम्हाल्न थाल्नुभएको हो ?
पाटीको नवौं महाधिवेशन पछि पर्यटन विभाग गठन भएको हो । विभाग गठन भएपछि पर्यटन विभागको औपचारिक रुपमा जिम्मेवारी पाउँने पहिलो व्यक्ति म नै भए । विसं २०७१ साल चैतदेखि हो । मैले यो जिम्मेवारी सम्हाल्न थालेको नै डेढ वर्ष भएको छ ।

पर्यटन आर्थिक विकास गर्ने देशको मेरुदण्ड नै भएपनि विभाग गठन गर्न चाहिँ किन ढिलो भयो त ?
अरु विभागसँगको तुलनामा यो विभाग गठन गर्न ढिलो भएकै हो । ढिलो गरेर पनि यसले पूर्णता पाएको छ । सदस्यको मनोनयनको काम पनि भैसकेको छ । काठमाडौंसहितका झापा, सोलुखुम्बदेखि मध्यपश्चिमको राराहुँदै सुदुरपश्चिमसम्म नै प्रतिनिधित्व गर्ने गरी सदस्य नियुक्त पनि भएका छन् ।

हामीले यो विभागलाई जुन मुख्य पर्यटकीय गन्तव्यमा जाँदा पनि विभाग तथा व्यवसायीले प्रतिनिधित्व गरून भनेर नै व्यवस्थित ढंगले पर्यटनलाई अगाडि बढाउन नै २३ सदस्य मनोनयन गरेका छौ । पर्यटनको कमिटि २५ सदस्यीय बनाउने प्रावधान भएकोले अझै दुई जना मनोनयन गर्ने बाँकी छ ।

विभागको जिम्मेवारीसँगै पर्यटन क्षेत्रमा क्रियाशील भएर पर्यटनलाई बुझ्ने प्रयास गर्नुभएको छ, तपाईको बुझाई पाटीभित्र कत्तिको प्रयोग हुन्छ ?
नीति दृष्ट्रिकोण निर्माणमा पर्यटन विभाग अन्तिम रूपमा क्रियाशील हुन्छ । पाटीले बनाउने नीतिमा प्रतिकृया दिने, सुझाव दिने तथा नयाँ प्रस्ताव राख्ने आधिकारीक व्यक्तिको हैसियतले पनि पर्यटन विभागको प्रमुखलाई अधिकार दिइएको छ । मैले जिम्मेवारी लिएपछि मैले गर्ने काम र मेरा सुझावलाई पाटीले पनि कार्यान्वयन गरेर जान्छ ।

अन्य पाटीले पनि पर्यटन विभाग बनाएका छन्, समन्वय कत्तिको हुन्छ ?
विभागको जिम्मेवारी पाएपछि मैले करीब एक महिना अन्य पाटीको पर्यटन विभागलाई भेट्न समय लागेको थियो । नेपाली कांगे्रसको किशोरसिंह राठौर र नेकपा माओवादी केन्द्रले पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरलाई पर्यटन विभागको जिम्मेवारी दिएको रहेछ ।

पर्यटन विभागको जिम्मेवारी सम्हालेका कारण र यही क्षेत्रमा क्रियाशील हुने भएपछि अन्तर पाटी र निकायसँग समन्वय जरुरी पनि छ । यसैलाई दृष्टिगत गरेर हामीले भूकम्पछिको पर्यटन विकास, पुनरुत्थान र प्रवद्र्धनमा केन्द्रित रहेर २६ सुत्रीय साझा एजेन्डा पनि बनाएका छौं । औपचारिक रुपमा यसको हामीले अगुवाई पनि लिएका छौं ।

यसपछि पर्यटकीय संस्थाको चुनावम एकपछि अर्को सुरु भयो । पर्यटकीय संस्थाको चुनावमा आआफ्नो शक्ति सामथ्र्य र कित्तामा उभ्याउने अभ्यास सुरु भएकोले पनि त्यसैमा लाग्न थालियो । अहिले सबै राजनीतिक दलले पर्यटन क्षेत्रलाई बुझ्न थालिसकेका छन् ।

पर्यटनमा नीति बनाउँने र कार्यान्वय गरेरै जाने विषयमा पनि साझा एजेन्डामै बहस हुन्छ त ?
साझा अवधारण हामीले तीनवटै प्रमुख पाटीको पर्यटन विभाग प्रमुखको हस्ताक्षर गरेर तयार गरेका छौं । यसलाई कार्यान्वयन गर्न तीनवटै पाटी उत्तिकै जिम्मेवार भएर लाग्नुपर्छ ।

पर्यटन पाटी विशेषको होइन्, देशकै विकासको विषय हो । पर्यटन सानाबाट मझौला र ठूलो हुँदै घराना बन्नुपर्छ । त्यसो हुनाले कांग्रेस, एमाले, माओवादी किन्न भन्नुपपर्यो? पर्यटन क्षेत्रको विकास गर्ने एजेन्डा त आखिर सबैको एउटै हो । यसैले पर्यटन विकास गर्न साझा एजेन्डामै जानुपर्छ र यसमा बहस पनि गर्नेपर्छ   ।surya-thapa1

पर्यटकीय क्षेत्र बनाउँने प्रवद्र्धन बनाउने विषयमा सक्रियताका साथ प्रमुख राजनीतिक दलको पहल कहिले हुन्छ त ?
यसका लागि ठोस पहल गर्नुपर्छ । नेपालको पर्यटनका लागि एयर कटेक्टिभिटी आधारभूत कुरा हुन । चाहे नेपालबाट बाहिर जाँदा होस चाहे नेपाल आउँदा । विश्वकै कुनै पनि कुनामा पुग्न हवाई पहुँच नै सबैभन्दा पहिलो अधारभूत कुरा हो ।

त्यसपछि पर्यटकीय पदमार्ग र आन्तरिक पर्यटकीय गन्तव्य स्थलको विस्तार पनि पर्यटनको अधारभूत कुरा नै हुन । सबै विषयमा हामीले कमी कमजोरी हटाएर सामूहिक पहल नै गर्नुपर्छ । पर्यटनका बहुआयामिक संभावना खोतलेर जानुपर्छ । अहिलेको पर्यटन मन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको भएपनि उहाँले अगाडि बढाउने एजेन्डामा हाम्रो पाटीसँगको पनि सहमति छ ।

उसोभए, एउटै निकायबाट अगाडि बढाउने योजना र तथ्यांकनै पाटी अनुसार फरक पर्नुको कारण चाँहि के हो त ?
अहिलेसम्मको धानिएको पर्यटन (काठमाडौं, पोखरा र चितवन) गोल्डेन ट्याङ्गल नै हो । हामीले क्लियर कुरा गरेका छौं । यो क्षेत्र बाहेकको वैंकल्पिक क्षेत्रको प्रवद्र्धन हुनुपर्छ । कर्णाली क्षेत्र, पूर्व, पश्चिम तथा सुदुरपश्चिमका गन्तव्यतर्फ पर्यटन लैजानुपर्छ । हामीले चलेका र भएकै गन्तव्यमा भन्दा नयाँ गन्तव्य प्रवद्र्धन गर्नतर्फ लाग्नुपर्छ । पर्यटन बोर्डलाई पनि मैले पश्चिमतर्फको पर्यटनमा केन्द्रित हुनु सुझाव दिने गरेको छु ।

पर्यटनको बहुआयामिक संभावना खोल्ने कुरा त गर्नुभयो तर व्यवहारिक रुपमा काम चाहिँ कहिले ?
हामीले पर्यटनको प्रवद्र्धन र विकास गर्ने मामलामा यस्तो भनेको हौं । हामीले प्रयास पनि गरिरहेका छौं । भर्खरै भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा पनि संयुक्त वक्तव्यमा पर्यटन उल्लेख भएर आएको छ ।

नेपालभित्रै र नेपाल बाहिरको पर्यटनलाई पनि हामीले औल्याएर जानुपर्छ । नेपाल भित्रको आन्तरिक बुद्धिष्ट सर्किट पनि हाम्रो प्राथमिकता हो । कपिलबस्तु, लुम्बनी, रामग्राम, देवदहलगायतका गन्तव्यलाई समेटेर आन्तरिक बुद्धिष्ट सर्किट बनाउँन सक्छौं ।

बाह्य बुद्धिष्ट सर्किटलाईसमेत जोडेर प्रवद्र्धनको कुरा गर्ने हो भने बोधगया, सारनाथ, कुशीनगरहुँदै लुम्बनी आउने पनि हुन सक्छ । नेपाल भित्रको र बाहिरको पर्यटकीय गन्तव्य तथा बुद्धिष्ट सर्किट प्रवद्र्धन हाम्रो लागि पनि लाभदाय हुनुपर्छ ।

छोटो समयमा धेरै बुझ्ने प्रयासमा त गर्दै हुनुहुन्छ, यसका लागि पर्यटन प्रवद्र्धनको अभियानमा कहाँ सम्म पुग्नु भयो त ?
पाटी र विभिन्न संघसंस्थाले गरेको कार्यक्रममा सहभागि भएका छौं । भूकम्पछिको नेपाल सुरक्षित त भन्ने सन्देश प्रवाह गर्न हामीले बसन्तपुर गएरै नेपाल सुरक्षित भएको सन्देश प्रवाहको प्रयास गरेको थियौ ।

यो कामलाई हाम्रो पाटीले ठमेलबाट पनि गरेको थियो । पर्यटन प्रवद्र्धनको कार्यक्रमका लागि मेचीकोशी पर्यटन प्रवद्र्धन कार्यक्रम पनि भएको थियो । यसले पर्यटनमा मेची कोशीलाई व्यूझाउँने काम गरेको छ ।

त्यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । लुम्बीनी, पाल्पा, स्वर्गद्वारी अभियानमा पनि सहभागि भएका छौं । आन्तरिक पर्यटन प्रवद्र्धनको यो कार्यक्रममा म आफैं सहभागि भएर गएको थिए । पोखराबाट पनि हामीले अभियानको थालिनी गरेका थियौ । गाउँ पर्यटनसँग समन्वय गरेर पनि पर्यटन प्रवद्र्धन अभियान संचालन भएको थियो ।

अहिले बाँके, सुर्खेत, कालिकोट, जुम्लाहुँदै रारासम्मको कार्यक्रममा पनि सहभागि जनाएका छौं । एकपछि अर्को गन्तव्य प्रवद्र्धन गर्ने र त्यसका वस्तुगत असहजता पहिचान गरेर अगाडि बढ्ने चरणमा छौ ।

पर्यटन व्यवसायीलाई उत्पे्ररणा दिने विषयमा तपाईको भूमिका कस्तो रहन्छ ?
पर्यटकीय संस्थामा नेतृत्व प्रदान गर्ने, गाउँ पर्यटन प्रवद्र्धन गर्ने तथा निर्देशिका बनाउँने, पर्यटकीय गन्तव्य प्रवद्र्धनमा प्रतिनिधित्व गर्ने विषयमा पर्यटन व्यवसायीले २४ सै घण्टा मेरो सहयोग पाउँने छन् ।

पछिल्लो समयमा पाटीमा कुनै पर्यटनको योजना अगाडि बढाउनु भएको छ ?
हामीले १० सुत्रीय प्रस्ताव भर्खरै अगाडि सारेका छौं । पर्यटन व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउँन पहिलो विषय त पर्यटन विश्वविद्यालय नै हुनुपर्छ भनेर लागि परेका छौं । नेपालको पर्यटनको सम्पूर्ण रुपमा ध्यान केन्द्रित गर्न पनि पर्यटन विश्वविद्यालय आवश्यक छ । पदयात्रा क्षेत्रको विकास गर्न पनि हामीले सहयोग गर्छौ ।

व्यवसायीले नो ट्रेकिङ विथ आउट गाइड भनेका छन् । मेरो भनाई चाँहि नो टे«किङ विथ आउट एजेन्सी भन्ने हुनुपर्छ । एजेन्सी विना टे«किङ हुनु भनेको जोखिम बढ्नु हो भन्ने मेरो बुझाई हो । सरकारले दर्ता गरेर एजेन्सी संचालन गर्न दिएकोले पनि संस्थागत संग्लग्नता विना पदयात्रा संचलन हुनु भएन र यसलाई सरकारी निकायको नियम तथा मातहतभित्रै राख्नुपर्छ ।

पर्यटन विश्वविद्यायलको अवधारणा कस्तो हो त ?
आर्थिक विकासको महत्वपूर्ण खम्बा पर्यटन हो । कृषि विश्वविद्यालय स्थापना भएको छ । अन्य क्षेत्रका पनि विश्वविद्यायल बनेका छन् । पर्यटनमा पनि यसको आवश्यकता परेको छ ।

खासगरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले पर्यटन विश्वविद्यालयको अध्ययन गरिहेको छ । विभिन्न १४/१५ वटा निजी क्षेत्रका स्वदेशी विदेशी स्तरीय पर्यटन विषय पढाउने कलेज पनि छन् ।

यसर्थ नेपालमा स्तरीय पर्यटन विद्यविद्यालयको जरुरी छ । सबै पर्यटन विषय पढाइहुने देखि पर्यटनलाई सम्वन्धित अन्य निकायलाई पनि दृष्टिगत गरेर पर्यटन विद्यविद्यालय खोल्नुपर्छ ।

आवश्यकता भएको भएपनि पर्यटन विश्वविद्यायलको अवधारण अगाडि बढाउनु चाहिँ किन सक्नुभएन ?
हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौं । हाम्रो पाटी र पर्यटनसँग सम्वन्धित संस्थामार्फत पनि हाम्रो प्रयास जारी रहेको छ । यो विषयलाई अगाडि बढाउने काम पर्यटन विभागकै हो ।

यसका लागि अन्तरपाटी समन्वय हुन्छ ?
पाटीभित्र छलफल गरेर अगाडि बढ्छौ । अन्तर पाटीसँग पनि आवश्यक सल्लाह र छलफल अवश्य पनि गर्छौ ।

एमाले पाटीभित्र पछिल्लो समय सिमित व्यवसायीको हालीमुहाली भएकोे आरोप छ त ?
पहिले पर्यटन क्षेत्रभित्र सर्वसाधारणको पहुँच थिएन । खासगरी दरबार र पञ्चायत व्यवस्थासँग नजिकको हालीमुहाली थियो । २००७ पछि शासनसँग नजिकको हालीमुहाली रह्यो ।

२०४७ पनि अर्का खालको इलाइटहरुको हालीमुहाली रह्यो । नेकपा एमालेले त सातौं महाधिवेश पछि नै पर्यटनसँग विभिन्न संगठन बनाएको छ । पर्यटन इलाका कमिटि बनाएको छ । आठौं महाशिवेशन पछि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन बनायो र यसमार्फत व्यवसायीलाई संगठित बनायो ।

नवौं महाधिवेशनपछि पर्यटन विभाग नै बनाएर हस्ताक्षेपकारी भूमिका खेल्ने गरी समग्र प्रक्रियामा संलग्न छ । हाम्रो भनाई राजनीतिकरण भयो भन्ने होइन्, पर्यटनमा पहुँच बढ्यो भन्ने हो । यसर्थ, तपाईले भनेजस्तो व्यवसायीक हालिमुहाली होइन, पर्यटनव्यवसायसम्म हाम्रो पहुँच पुगेको हो भनेर बुझ्नुपर्छ ।surrta-tapaa1

पर्यटन मन्त्रीको तय एमालेको पाटीले होइन पाटी चलाउँन निर्देश गर्ने व्यवसायीले तय गर्छ भन्ने आरोप पनि छ त ?
कतिपयलाई त्यस्तो लाग्छ । कतिपयले हामीले पर्यटन मन्त्री बनाएका छौं भनेर बजारमा चर्चा परिचर्चा गर्ने पनि मैले सुनेको छु । तर, पर्यटन मन्त्री पाटीको प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीले तय गर्ने हो । पाटीको नेतृत्वले तय गर्ने हो ।

पाटीको प्रधानमन्त्री नहुँदा गठबन्धनको नेतृत्वले पाटीको स्थायी कमिटिले तय गर्ने हो । यसमा व्यवसायी निर्णयक हुने नै होइन । हामी व्यवसायीको २५ वटा कुरा सुन्छौ र दुईवटा मात्रै कार्यान्वयन गर्छौ ।

त्यसो त एमाले पाटीको कार्यालय नै एउटा व्यवसायीको अफिसमा सारिएको छ । सोही व्यवसायीले पाटी नेतृत्वलाई दबाब दिँदैन भन्न सकिन्छ र ?
पासाङ ल्हामुसँग हाम्रो पाटीको अत्यन्तै भावनात्मक संम्बन्ध छ । जननेता मदन भण्डारीले पासाङ ल्हामुलाई सगरमाथा आरोहणमा जाँदा पनि तत्कालिन पाटी कार्यालय वागबजारबाटै शुभकामना दिनुभएको थियो । विडम्बना नै भनौ पासाङ ल्हामु र मदन भण्डारीको शव एकैपटक दशरथ रंगशालामा श्रद्धान्जलीका लागि प्रस्तुत हुने अवस्था रहेको आयो ।

२०७२ सालको पाटीले भूकम्प पछि निश्चित अवधि तोकेर, बकैदा भाडा तोकेर कार्यालय भाडामा लिएको हो । आवश्यक पर्दा समय बढाउने सर्त पनि राखेर पाटीले पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठान भाडामा लिएर पाटी अफिस राखेको हो ।

संयोग नै भन्नुपर्छ प्रतिष्ठानकै अध्यक्ष कृपाशुर शेर्पा पर्यटन मन्त्री हुनुभयो । उहाँ प्रतिष्ठानको अध्यक्ष भएर होइन उहाँ निर्वाचित सभाषद् भएकोले र पाटीले गरेको निर्णयमा पर्नुभएकोले पर्यटन मन्त्री हुनुभएको हो । उहाँ विभिन्न संघ संस्था बुझेको नै व्यक्ति हुनुहुन्थ्यो पनि ।

त्यसो त नेपाल पर्वतारोण संघ (एनएमए)को पर्वतारोहण रोयल्टी खोसेर पासाङ ल्हामु प्रतिष्ठानलाई दिने असफल खेल किन भो त ?
एनएमएले रोयल्टी उठाउने विषयमा वैधानिक व्यवस्था, नीति नियमको व्यवस्था छन् । कृपाशुरले प्रतिष्ठानबाट दिने व्यवस्था गर्न लागेको पनि होइन र हामीले त्यसो नगर्नपनि सुझाएका थियौ ।

अकस्मात एनएमएको रोयल्टी खोस्ने र सरकारी निकायले नै उठाउने भन्ने निर्णय भयो । त्यो निर्णय असान्दर्भिक र दुःखत पनि थियो । हामीले एनएमएले उठाएको भन्दा बढी रकम मन्त्रालयले उठाएउँन सक्दैन भनेर पनि भनेका थियौ र पछि अदालतले एनएमएकै नाममा कार्यान्वयन गरायो । त्यो घटनालाई सिंगो पाटी र व्यवसायीक घराना नै लाग्यो भनेर भन्नु गलत हो ।

सिंगो पाटी र उसको मन्त्री नै व्यवसायीक घरानाले संचालन गर्छन भन्ने पनि गलत हो । पाटीको विषय पाटीभित्रैबाट हुन्छ । त्यो व्यवसायीक घराना पनि पाटीभित्रै अटाएको हुन्छ ।

एमाले पाटीभित्र संस्थागत रुपमै पर्यटन बोर्ड र पर्यटन व्यवसायीसँग मिलेमतो गर्ने र आर्थिक लाभ खोज्ने काम हुन्छ भन्ने आरोप पनि छ नि ?
त्यो गलत कुरा हो । विभिन्न क्षेत्रमा पर्यटन क्षेत्रमा सम्वन्धित साथीहरू नै रहेका छन् । कसैले पनि लाभको मनसाय राखेर त्यसरी काम गरेका छैनन् । हामी नीतिगत रुपमा पर्यटन क्षेत्रलाई राम्रो बनाउने अभियानमै हुन्छौ ।

कतिपय सन्दर्भमा गल्ती कमजोरी भएको अवस्थामा कारवाही पनि गर्छौ । तपाईले भनेजस्तो पाटीलाई कुनै ६० वा ४० को अनुपातमा कमिशन चाहिएको छैन । त्यसो हुन पनि दिँदैन ।

पर्यटनको विभिन्न नीति नियम संशोधन गर्ने विषयमा एमालेले सहयोग किन गरेको छैन ?
पर्यटनको तथा पर्यटकीय संस्थाको ऐन नियम र निर्देशिका समय सान्र्दभिक नै हुनुपर्छ । धेरै चिज पुर्नव्यवस्थित हुनुपर्छ । कतिपय विषयमा हामी मस्यौदा बनाउन पनि आफैं तयार छौ । धेरै चिज पुर्नव्यवस्थित गर्नु जरुरी छ । समय सान्दिर्भिक रुपमा नीति नियम बनाउने र संशोधन गर्नुपर्छ । त्यसमा हाम्रो पाटीको पूरै साथ र सहयोग छ ।

एमालेले पर्यटन परिषद्को बैंठक त गराउँछ तर यसका निर्णय कार्यान्वयन नै गराउँन सक्दैन भन्ने आरोप पनि छ नि ?
यसमा उच्चस्तरिय पर्यटन परिषद् प्रधानमन्त्रीको, पर्यटन विकास समन्वय समिति पर्यटन मन्त्रीको र पर्यटन प्रवद्र्धन तथा घुमफिर वर्ष समिति पर्यटन सचिवको अध्यक्षतामा रहेको छ । पर्यटन नीति २०६५ अनुसार भएको यो समिति बनेको छ ।

नीतिगत मार्गनिर्देशक गर्ने र कार्यान्वयन गराउँने काम हाम्रो पाटीले गराएको छ । उच्चस्तरीय पर्यटन परिषद्को बैंठक पनि दुबैपटक एमालेकै नेतृत्व हुँदा मात्रै भएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा भएको समितिलाई अरु पाटीलाई पनि काम गर्न कसैले रोकेको छैन । सातै वटा प्रदेशमा कम्तिमा तीन र केन्द्रमा थप चार गरेर २५ वटा पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने अभियानलाई हामीले नै अगाडि बढाएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.