२०७९ माघ १६ गते १८:४१ विकासन्युज
काठमाडौं । रेमिट टु नेपाल र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
यस सम्झौतासँगै रेमिट टु नेपाल मार्फत विश्वका विभिन्न देश पठाएको रेमिट्यान्स, रेमिट टु नेपालका भुक्तानी केन्द्रसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध ७ हजार सहकारी संस्थाहरुबाट समेत भुक्तानी प्राप्त गर्न गर्न सकिनेछ ।
यसका साथै, प्रभु म्यानेजमेन्ट मार्फत पठाएको रेमिट्यान्स रेमिट टु नेपालका भुक्तानी केन्द्रबाट पनि भुक्तानी प्राप्त गर्न सकिनेछ।
रेमिट टु नेपालले कतार, दुबई, मलेसिया, इराक लगायत विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.