२०७९ माघ १६ गते १९:१९ विकासन्युज
काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’) नेपालमा सार्वजनिक गरेको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपालमा याे सार्वजनिक गरिएकाे हाे ।
कम्पनीकाे अनुसार नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।
एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ ।
कम्पनीले महिन्द्रा एक्सयूभी ७०० काे सुरुवाती मूल्य ७४ लाखको ताेकेकाे छ । यो मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने कम्पनीले बताएकाे छ ।
यस एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ ।
कम्पनीकाे अनुसार सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.