२०७९ माघ १७ गते १७:४६ विकासन्युज
काठमाडौं । पछिल्लो समय काठमाडौंका विभिन्न सडकमा भिख माग्नेहरुको जमात नै भेटिन्छ । मानसिक तथा शारीरिक रूपमा अशक्त भई जीवन चलाउनका लागि भनेर विभिन्न सडकमा हात थापेर भिख माग्नेहरुको जमात नै भेटिन्छ ।
सडक किनार, पाटीपौवा तथा मन्दिर आसपास उनीहरूले मागेर गुजारा चलाउँछन् । मागेर भएपनि उनीहरुले दैनिक ६ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्म संकलन गर्ने गरेको बताएका छन् । उनीहरुले मासिक रुपमा २४ हजार रुपैयाँ कमाउने गरेको बताउँछन् ।
यसअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिख माग्न रोक लगाएको थियो । गत असारमा महानगरले एक सूचना जारी गर्दै भिख माग्न रोक लगाएको थियो । महानगरले रोक लगाएपनि काठमाडौंमा मगन्तेहरु भने कम भएका छैनन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.