२०७९ फागुन ८ गते १५:१६ विकासन्युज
काठमाडौं । सोमबार सेयर बजार २३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर २०४६.८१ विन्दुमा पुगेको छ ।
यसरी सेयर बजार घट्दा सबैभन्दा बढी लघुवित्तहरुको सेयर मूल्य घटेको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी सेयर मूल्य गुमाउनेमा टप १० कम्पनीमा ७ लघुवित्त रहेको छ ।
आज सबैभन्दा बढी कमाउने राप्ती हाइड्रो एण्ड जेनेरल कन्सट्रक्सनका सेयरधनी रहेका छन् ।
नेप्सेको अनुसार आज ६० लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.