२०७९ फागुन १० गते ९:०४ विकासन्युज
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ फागुन ८ गते बाँडफाँट गरेको हो ।
लघुवित्तले माघ १६ गतेदेखि फागुन २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० हजार ३३८ कित्ता सेयर निष्काशन गरेको थियो ।
लघुवित्तको आईपओमा २ हजार ३३ जना आवेदन दिएका थिए । रितपूर्वक आवेदन परेका आवेदकलाई १० कित्ताका दरले २० हजार ३३० कित्ता सेयर बाँडफाँट गरिएको हो । बाँकी रहेको ८ कित्तालाई १० कित्ताभन्दा बढि आवेदन दिने ८ जनालाई वितरण गरिएको छ । ८ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् ।
लघुवित्तको आईपीओ नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेभसाइट र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको वेभसाइट ष्उयचभकगति।अमकअ।अयm।लउ बाट हेर्न सकिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.