फष्ट माइक्रोफाइनान्सले कमायो एक करोड ५० लाख

  २०७३ कार्तिक ३ गते १०:३२     विकासन्युज

first_microfinanceकाठमाडौं, ३ कात्तिक । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले पहिलो त्रैमासिकमा एक करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिनामा कमाएको भन्दा ४० लाखले बढि हो । अघिल्लो आवको सोही अवधीमा बैंकले जम्मा एक करोेड १० लाख मात्रै नाफा कमाएको थियो ।

२६ करोड ४५ लाख चुक्ता पुँजी रहेको बैंकका जगेडा कोषमा ५ करोड ६९ लाख रुपैंयाँ रहेको छ । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको प्रति सेयर नेटवर्थ १२१ रुपैंयाँ ५४ पैसा रहेको छ भने प्रति सेयर आम्दानी २२ रुपैंयाँ ७४ पैसा रहेको छ । बैंकको सेयर १५०३ रुपैँयामा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.