२०७९ फागुन १६ गते १०:३३ विकासन्युज
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले १४.८२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५६२७ प्रतिशत बोनस सेयर र ०.७१३८ प्रतिशत नगद गरी कूल १४.८२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.