२०७९ फागुन १८ गते १८:२० विकासन्युज
काठमाडौं । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने दोस्रो नेपाल ट्रेड समिट बिहीबार सम्पन्न भएको छ । सम्मेलनमा स्टिल, सिमेन्ट र कोइला व्यवसायसम्बद्ध विभिन्न पाँच विषयमा गहन छलफल भएको छ ।
सम्मेलनको उद्घाटन बुधबार उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।
पहिलो दिनको प्राविधिक सत्रमा युज अफ स्पन्ज आइरन फर द प्रडक्सन अफ फ्ल्याट एन्ड लङ प्रडक्ट्स थ्रु आईएफ रुट अफ स्टिल मेकिङ र स्टिल मेल्टिङ टेक्नोलोजिज एन्ड इम्प्रुभिङ इफिसिइन्सिज शीर्षकमा छलफल भएको थियो ।
दोस्रो दिनको सत्रमा र मेटेरियल सोर्सिङ अप्सन फर नेप्लिज स्टिल इन्डस्ट्रिज, आउटलुक अन नेप्लिज सिमेन्ट इन्डस्ट्रिज र ¥यासनलाइजेसन अफ इन्पुट कस्ट्स इन स्टिल मेकिङ शीर्षकमा सम्बन्धित क्षेत्रका विज्ञ र सहभागीबीच छलफल भएको थियो ।
नेपाल, भारत अन्य देशका गरी २७० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलताबारे पनि छलफल भएको थियो । सम्मेलन निकै फलदायी रहेको सहभागीहरुको प्रतिक्रिया छ । सम्मेलनको तेस्रो संस्करण सन् २०२५ मा काठमाडौंमा गर्ने स्टिलमिन्ट ग्रुपका सिएमओ सुमित अग्रवालले बताए ।
प्लाटिनम पार्टनर इलेक्ट्रोथर्म रहेको यो सम्मेलनमा गोल्ड पार्टनरको रुपमा विजय स्टिल, जीवानी फ्युल्स प्रालि र अशोक स्टिल थिए । त्यसैगरी, सिल्भर पार्टनरमा मेगाथर्म र इन्डक्टोथर्म ग्रुप थिए । समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.