२०७३ कार्तिक १० गते ७:४५ विकासन्युज
काठमाडौं १०, कात्तिक । काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ ।जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच ‘एक नपा एक साझेदारी कार्यक्रम’ अनुसार १० स्थानलार्य पर्यटन गन्तव्य बनाइने भएको हो ।
काठमाडौं जिविसको वार्षिक जिल्ला विकास योजना ०७३/०७४ मा एक नगरपालिका एक उद्यान र एक नागरपालिका एक पोखरी कार्यक्रमलाई अघि बढाउने उल्लेख छ ।
आन्तरिक तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्न र नपाभित्रका सार्वजनिक जमिनको संरक्षण गर्ने मुख्य उदेश्यले जिविसले पहिलोपटक कार्यक्रम ल्याएको हो ।
पर्यटकीय गन्तव्य बनाउन काठमाडौंका लागि जिल्ला विकास समितिले २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको उल्लेख छ । कारोबार दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.