सिटिजन्स बैंक र एलिवेट लाउन्ज एन्ड क्लबबीच समझदारी

  २०७९ चैत २२ गते १०:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र न्युरोडमा रहेको एलिवेट लाउन्ज एन्ड क्लबबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्डबाहकले एलिवेट लाउन्जमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले देशभरका १८२ शाखा, १३९ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.