२०७९ चैत ३० गते १:५४ विकासन्युज
काठमाडौं । नयाँ नेतृत्वका लागि भएको नेपाल उद्योग वाणिज्य महासंको मत परिणाम रोचक बन्दै गएको छ । अहिलेसम्म जिल्लानगर र वस्तुगत तर्फको उपाध्यक्ष र सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ ।
जसमा वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ समूहका उम्मेदवार हेमराज ढकाल विजयी भएका छन् भने जिल्लानगरतर्फको उपाध्यक्ष रामचन्द्र संघईका उम्मेदवार सुरकृष्ण बैद्य निर्वाचित भएका छन् ।
बैद्यले आफ्ना प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराउँदै विजयी भएका छन् भने हेमराज ढकालले सुकुन्तलाल हिराचन र मनिषलाल प्रधानलाई पराजित गर्दै विजयी भएका छन् ।
वस्तुगततर्फ कुल १४ सदस्यहरुमध्ये उमेशलालको समूहबाट ८ जना निर्वाचित भएका छन् भने अञ्जनको समूहबाट ६ जना निर्वाचित भएका छन् । जिल्लानगरको सदस्यहरुमा भने उमेशलाल समूहबाटै बढी सदस्य निर्वाचित भएका छन् ।
जिल्ला नगरको सदस्यहरुमा उमेशलालको ११ र अञ्जनको ७ वटा सदस्य निर्वाचित भएका छन् । संघईको समूहबाट जिल्ला नगर सदस्यमा कुनै पनि उम्मेदवार निर्वाचित हुन नसके पनि उपाध्यक्षमा बाजी भने बैद्यले नै मारेका छन् ।
विशेष गरेर बैद्यको जितले संघई खुसी भएकका छन् । उनले बैद्यको जितले आफुलाई पनि जित्ने सम्भावना रहेको बताएका छन् ।
यसअघि अधिकांशले संघईको जिल्लानगरमा कमजोर उपस्थिति रहेको तर्क गरिरहेको बेला बैद्यले जिल्ला नगरमा जित्दा संघईलाई पनि आशा पलाएको हो ।
यस्तै, उनले एसोसिएटमा आफुलाई बलियो उम्मेदवारको रुपमा चिनाएका छन् । त्यसले पनि आफुलाई जित्न सघाउ पुग्ने उनको तर्क छ ।
उनले अब आफु जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.