२०८० वैशाख २९ गते ७:२३ विकासन्युज
काठमाडौं । युनिलिभर नेपालको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६९.०५ प्रतिशत बढेर ३७ करोड २६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म कम्पनीको बिक्री आम्दानी १९.१४ प्रतिशत बढेर १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
कम्पनीको तथ्याङ्क अनुसार कूल आम्दानी २०.२३ प्रतिशत बढेर २ अर्ब २ लाख भन्दा बढी रहेको छ । गत वर्ष यस अवधिमा १ अर्ब ६८ करोड २२ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो ।
९ महिनाको अवधिमा कम्पनीको कूल खर्च ९.२३ प्रतिशत बढेर १ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४१ लाख ७५ हजार रुपैयाँ कूल खर्च गरेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ४०५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार १२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.१६ गुणा रहेको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.