२०८० वैशाख २९ गते १३:५९ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समिक्षाले ब्याजदर थप घट्ने संकेत गरेको बताएका छन् ।
शुक्रबार मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिकपछि राखिएको पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले मौद्रिक नीति समिक्षामार्फत बैंक दर १ प्रतिशतले घटाइएको, ओभरनाइट सुविधा निरन्तरता दिइएको बताए । यस्तै, उनले समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई औचित्य हेरेर कर्जा पुनसंरचना गर्ना छुट दिइएको जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.