तीन महिनमा माछापुच्छ्रे बैंकको नाफा २४ करोड, गत वर्षको तुलनामा ४२ प्रतिशतले बढी

  २०७३ कार्तिक २८ गते १०:१०     विकासन्युज

काठमाडौं, २८ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम तीन महिनमा २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो ।

बैंकको बिजनेश पनि उच्च दरमा बढेको छ । २०७२ असोज मसान्तमा ४४ अर्ब निक्षेप रहेकोमा २०७३ असोज मसान्तसम्ममा ५८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । एक वर्षअघि कर्जा प्रवाह ३६ अर्ब रहेकोमा अहिले ४९ अर्ब ८७ करोड रुपैयाँ बनाएको छ । त्यस्तै बैंकको लगानी ६ अर्ब रुपैयाँ रहेको छ ।

बैंकका मुख्य परिसूचकहरु सन्तुलित छन् । क्यापिटल एडेक्वसी ११ दशमलव २० प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६ प्रतिशत छ । निस्क्रिय कर्जा शुन्य दशमलव ५४ प्रतिशत रहेको छ ।

४ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको संचित कोषमा ९२ करोड रुपैयाँ छ । गत वर्षको नाफाबाट बैंकले बोनस सेयर दिदै छ र भने पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको छ । प्रति सेयर आम्दानी २१ रुपैयाँ १७ पैसा रहेको छ । पछिल्लो समय यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५४३ रुपैयाँमा कारोकार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.