२०७३ कार्तिक २८ गते १५:३० विकासन्युज
काठमाडौं, २८ कात्तिक । सानिमा बैंक लिमिटेडले नक्साल स्थित नन्दीकेशर बगैँचा(नारायणचौर)को सुन्दरता कायम राख्न सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरण प्रदान गरेको छ ।
११ औ महानगरीय प्रहरी दिवसका दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठलाई घाँस काट्ने उपकरण हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आफ्नै केन्द्रिय कार्यालय अगाडी रहेको बगैँचाको सौन्दर्यता जोगाउनका लागि घासँ काट्ने मेसिन सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.