नयाँ पर्यटन पहिचानका लागि २ अर्ब १३ करोड विनियोजन

  २०८० जेठ १५ गते १७:४६     विकासन्युज

काठमाडौं । सरकारले नयाँ पर्यटन पहिचान तथा पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै नयाँ पर्यटन पहिचान, पूर्वाधार विकास तथा अन्य पर्यटन पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरेको बताएका हुन्।